समाज

बसले कारलाई ठक्कर दियो, पाँच घाइते

असोज २६, २०७६

    काठमाडौं : चितवनमा  बसले कारलाई ठक्कर दिंँदा कारमा सवार एकै परिवारका ५ जना घाइते भएका छन्।

    जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार भतपुर महानगरपालिका वडा नम्बर २९ अन्तर्गत सिमलतालमा नारायणगढबाट काठमाडौं  तर्फ आउदै गरेको ना७ख १७७ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको बा १६ च ३५१८ नम्बरको कारलाई आज बिहान ८ बजे ठक्कर दिंदा कारमा सवार चालकसहित ५ जना घाइते भएका हुन्।

    घाइते सबै गैडाकोट – ५ का एकै परिवार रहेको बताईएको छ। उनीहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। बसका चालक फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]