खेलकुद

जर्मनका पूर्व कप्तान स्वेन्सटाइगरले व्यवसायिक फुटबलबाट सन्यास लिए

असोज २६, २०७६

    जर्मनका पूर्व कप्तान तथा बार्यन म्युनिखका मिडफिल्डर वास्टियन स्वेन्सटाइगरले व्यवसायिक फुटबलबाट सन्यास लिएका छन्। सन २००२ देखि २०१५ सम्म १३ वर्ष वार्यनमा विताएका उनले करिब ५ सय खेलमा ६८ गोल गरेका छन्।

    वार्यनमा रहँदा उनले ८ वुन्डेसलिगा, एक/एक लिग कप र च्याम्पियनस लिग दिलाएका थिए। सन २०१४ को विश्वकप विजेता जर्मन टिमको उनी मुख्य सदस्य हुन्। देशबाट १२१ क्याप जितेका स्वेन्सटाइगरले जर्मन टोलीका लागि २४ गोल गरेका छन्। विश्वकपपछि कप्तान फिलिप ल्हामले सन्यास लिएपछि उनले सन २०१६ सम्म जर्मन टिमको कप्तानी गरेका थिए। 

    स्वेन्सटाइगर सन २०१५ मा वार्यन छाडेर इंग्लिस प्रिमियर लिग क्लब म्याचेस्टर युनाइटेडमा आवद्ध भएका थिए। युनाइटेडबाट ३५ खेलमा सहभागिता जनाउँदै एफए कप र युरोपा लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। २ सिजन युनाइटेडमा विताएपछि उनी अमेरिकन फुटबल क्लब सिकागो फायरबाट खेले। उनले सिकागोबाट ९२ खेलमा सहभागी हुँदै ८ गोल गरेका छन्।

    आइतबार ओरलान्डो सिटीमाथी ५–२ गोल अन्तरको जितपछि उनले व्यवसायिक फुटबलबाट सन्यास लिएका हुन्। ‘समय आइसकेको छ र म यस सिजनको अन्त्यमा मेरो सक्रिय करियर समाप्त गर्दैछु। ’ स्वेन्सटाइगरले ट्विटरमार्फत घोषणा गरे।  उनले जर्मन राष्ट्रिय फुटबल टिम, पूर्व क्लबहरू, उनको परिवार र उनकी पत्नी पूर्व विश्व नम्बर एक टेनिस खेलाडी आना इभानोभिचलाई धन्यवाद दिएका छन्।

    ‘एक सक्रिय खेलाडीको रुपमा अलविदा भन्नु पर्दा मलाई उदास महसुस गराएको छ। तर चाँडै नै मेरो लागि उत्साहजनक चुनौतीको प्रतिक्षा गर्दैछु। म फुटबलप्रति सधै वफादार रहनेछु ’ उनले भने। 

    स्वेन्सटाइगरले आफ्नो सन्यासपछिको योजना सार्वजनिक गरेका छैनन्। तर उनको संभावित गन्तव्य जर्मन फुटबल संघ हुन सक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले अनुमान गरेका छन्।

    ‘उनको लागी सधै यहाँ स्थान रहनेछ’ जर्मन राष्ट्रिय टोलीका प्रशिक्षक जोचिम लो ले भने, ‘उनको योजना के हो मलाई थाहा छैन। तर प्रशिक्षक बन्न चाहने कुनै पनि पूर्व खेलाडीलाई सधै स्वागत छ।’ स्वेन्सटाइगरका पूर्व सहकर्मी मिरोस्लाभ क्लोजको सन्यासपछि लो ले जर्मन टिमको कोचिङ स्टाफमा समावेश गरेका छन्। डर्टुमन्डको जर्मन फुटबल संग्रहालयमा बोल्दै लो ले स्वेन्सटाइगरलाई जर्मनीको अहिलेसम्मको महान खेलाडी भनेर वर्णन गरेका छन्।

नमीन ढकाल

ढकाल थाहा खबरका इलाम समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]