पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
संखुवासभा : जिल्लाको विभिन्न स्थानमा आगोलागि हुदाँ २ करोड २५ लाख बराबरको क्षति भएको छ। खाँदबारी नगरपालिका ,पाँचखपन नगरपालिका र चिचिला गाउँपालिकामा आगलागि हुदाँ २ करोड २५ लाख बराबरको क्षति भएको हो। खाँदबारी नगरपालिका–९ तुम्लिङटारका प्रविन शेर्पाको पेयपदार्थको गोदाममा विद्युत सर्ट भएर आगलागि हुदाँ २ करोड १५ लाखको क्षति भएको पिडीत प्रविन शेर्पाले बताए।
विद्युत सर्ट भएर आगलागि हुदाँ कोक,डिउ,वियर र चाउचाउ राखिएको गोदाम जलेर नष्ट भएको शेर्पाले बताए। गोदाममा कोही नभएको बेला विहीबार दिउँसो विद्युत सर्ट भएर आगो लागेको थियो।
आगलागि बाट चिचिला गाउँपालिका– ३ कबिर राईको घरमा आगो लाग्दा ९ लाख बराबरको क्षति भएको वडाध्यक्ष गजेन्द्र कुमार राईले जानकारी दिए। खाना पकाउने चुल्होबाट सल्किएको आगोले राईको घरमा भएका किराना पसलका खाद्यान्य सामग्री,लत्ताकपडा लगायतका साम्रगी जल्दा ९ लाख बराबरको क्षति भएको वडाध्यक्ष गजेन्द्र कुमार राईले बताए। त्यसैगरी आगलागि बाट पाँचखपन नगरपालिका –३ एक घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागि बाट गजेन्द्र गिरीको घर जलेर नष्ट भएको वडाध्यक्ष शुक्रराज राईले जानकारी दिए। आगलागीबाट घर भित्र रहेको खाद्यान्य, लत्ताकपडा र भाडावर्तन समेत पूर्ण रुपमा जलेर नष्ट भएको वडाध्यक्ष राईले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।