फिचर

लामो समय शहरमा बसेकाले गाउँमा देखेको परिवर्तन

असोज २६, २०७६

    सोलुखुृम्बु :  समय, परिस्थीति र बाध्यताले जन्मभुमी छोड्न विबश बनेकाहरु, नेपालीको महान चाड दशैँको अवसरमा गाउँ घरमा भेटिन्छन्। बर्षौबर्ष शहरमा प्रगाढ सम्बन्ध गाँसेकाहरु पनि यतीबेला गाउँबस्तीमा मान्यजनको आशिर्बाद लिएर अधिकांश मानिसहरु धमाधम पुन सोही शहर फर्कदैछन्।

     आफन्तजनसंगको भेटघाट संगै मान्यजनको आशिर्बाद लिएर रमाएकाहरुले गाउँबाट सुखद खबर लिएर पुनः शहर जानपाएको भन्दै खुसी पनि व्यक्ति  गर्छन्। सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालीका ५ सरिमाका नन्दराज राई २  बर्ष पछि गाउँ फर्केको बताउँनुहुन्छ।

    बाध्यताले संघिय राजधानी काठमान्डौमै भएपनि गाउँआउन नपाएका राई समाचारमा पढ्न र सुन्न पाएको गाउँको परिवर्तन आँखाले देख्न पाएको बताए। सघिंय शासन पद्धतीकै कारण विगतमा नभएका विकासहरु समेत हुन थालेको उहाँको बुझाई छ।

      सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नाराले वास्तबै गाउँमा विस्तारै छुन थालेको थुलुङदुधकोशी १ जोगाराका रामबहादुर दर्नालले बताए। “दुई बर्षमै गाउँबस्तीमा सडक पुग्नुको पछाडी यो संघिय संरचनानै हो भन्ने मनलाई लाग्छ।” उहाँले भने, “एकात्मक शासन प्रशाणलीमा यतीको छिटो र समानुपातिक बिकासको कल्पना कमै हुन्थ्यो।”

     विगतको दिनमा घण्टौ लगाएर आफन्तकोमा जानेहरु यसपालिको दशैमा मिनेटमै पुग्न सकेको बताउँछन्। गाउँमा सबैभन्दा बढी सडक निर्माणले तिब्रता पाएको उनीहरुको भनाई छ। सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका बाहेह अन्य सम्पुर्ण गाउँपालिका केन्द्र सडक सञ्जालले जोडिएको छ। गाउँपालिका केन्द्र संगै केही वडा बाहेक सबै वडा सम्म सडक पु¥याउने काम भएको छ।

    शहर बजारबाट निक्कै समय पछि गाउँ फर्किएका नागरिकहरु मध्ये सल्लेरीका रमेश लामीछानेको भनाई भने अलिक फरक छ। उनले स्थानिय सरकार आएपछि  जति विकास हुनुपथ्र्यो त्यति मात्रामा नभएको अनुभुती गर्दै सदरमुकाम सल्लेरीकै सडकको अवस्था दयनीय भएको बताए। सदरमुकाम सल्लेरी बजार बीचको सडकको अवस्था गाउँको भन्दा पनि लथालिङ्ग भएको भन्दै नगरपालिकाको ध्यानकर्षण हुनुपर्नेमा जोड दिए।

    भौतिक पुर्वधार मात्र होईन चेतनामा पनि परिवर्तन भएछ

      गाउँगाउँमा बैकिङ कारोबार देखी अन्य सेवा सुविधा समेत उपलब्ध भएको उनीहरुको भनाई छ। भौतिक पुर्वधार मात्र नभई जनचेतनाको हिसाबले समेत गाउँमा परिवर्तन पाएको सोलुदुधकुण्ड नगरपालिका ४ का दिपेन घिमिरेको भनाई छ।

    दशै तिहार जस्ता चाडपर्वमा गाउँले भाई भेला जम्मा भई जुवातास खेलेर सयम बिताउँने ठाउँमा अहिले खानपान र रमाईलो मात्र गर्ने गरेको उनको भनाई छ। चार बर्ष पछि गाउँ फर्कदा गाउँलेहरुको हरेक व्यवहारनै फरक पाएको घिमिरेले बताए।

    लामो समयको अन्तराल पछि गाउ फर्किएका नागरिकहरुले धेरथोर सकरत्मक परिर्वतनको महशुस गरेका छन्। सिहं दरबारको अधिकार गाउँगाउँमा भन्ने नाराका साथ आएको स्थानिय सरकारको कार्यप्रति गाउँबाहिर रहेकाहरुपनि सकरात्मक देखिएका छन् भने समयको परिवर्तन संगै संस्कार संस्कृतीमा हुन सक्ने बिकृतीको अन्त्य हुदै गएको बताईन्छ।

    संस्कार संस्कृति क्रमैसँग हराउँदै गयो

    सोताङका बिष्णुबहादुर बस्नेतले दशैमा गाईने मालसिरि, तिहारमा गाईने भैलेनी र देउसी गीत समेत लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गरे। समयको परिवर्तनले हरेक क्षेत्रमा परिवर्तन भएसंगै नेपालीको महत्वपुर्ण संस्कार, संस्कृती समेत लोप हुदै गएको उनको भनाई छ।

     गाउँगाउँमा थापिने लिङ्गे तथा रोटे पिङ हिजो आज देख्न मुस्किल पर्ने देउसाका नैनबहादुर भट्टराईको भनाई छ। हिजो चौतारा तथा मानिसको चहलपहल हुने स्थानमा रोटेपिङ थापिने सट्टा चौताराको नाम निसानानै हराउँन थालेको उनको भनाई छ।

      दशैको बेला गाईने मालसिरि तथा पिङ थाप्ने तरिका बारे न त अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सिकाउन तयार भए न त पछिल्लो पुस्ताले समेत अघिल्लो पुस्ताबाट सिक्न चाहे। जसले गर्दा संस्कार संस्कृतिको संरक्षणमा राज्यकोनै ध्यान जानुपर्ने उनीहरुको भनाई छ।

    कुनै संस्कारको रुपमा बिकसित हुँदै आएको बिकृती जन्य खेल जस्तै ः जुवा, तास लोप संगै दशैँ तिहार झल्काउने महत्वपुर्ण संस्कृतिनै हराउँदै गयो। लामो समय पछि गाउँआएकाहरु गाउँको केही सकरात्मक परिवर्तनदेखी सन्तुष्ट भएपनि केही परिवर्तन देखी चिन्तित बनेर शहर फर्केका छन्। 

भोजराज कार्की

कार्की थाहा खबरका सोलुखुम्बु समाचारदाता हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]