फिचर : फोटो फिचर

सरकारलाई गिज्याउँदै चावहिल-साँखु सडकका खाल्डा (फोटो फिचर)

पुस ३, २०७६

    काठमाडौं : चावहिल–साँखु सडक खण्डमा खाल्डाखुल्डीले सवारी आवागमनलाई असहज बनाएको छ। सडकमै भएका ठूला ठूला खाल्डाहरूले गर्दा कतिपय गाडी तथा टेम्पोहरू खाल्डामै रोकिन्छन्। पानी पर्दा खाल्डामा जमेको पानी र हिलाम्मे भएपछि सडक वारपार गर्न पनि निकै कठिन हुनु यो सडकखण्डको वास्तविकता हो।

    खाल्डाखुल्डीबाट सर्वसाधारणसमेत आक्रान्त बनेका छन्। गौशलास्थित जयवागेश्वरीमा भेटिएका बौद्धका तिलक घिमिरेले सडक धुलाम्मे हुँदा घरबाहिर हिँड्नै मुस्किल पर्ने गरेको बताउँछन्। ‘केही काम परेर कोठाबाट बाहिर निस्किँदा मास्क लगाएर हिँड्नुपर्छ,’घिमिरेले भने,‘उपत्यकाको खाल्डाखुल्डीले गर्दा सवारीसाधनमा यात्रा गर्न सकिँदैन। गाडीले यताउता हल्लाएर शरिर गह्रुँगो  भारी बोकेको जस्तैगरी दुख्छ।’ 
     

    पानी पर्दा हिलो भएको सडक घाम लाग्दा धुलाम्मे हुन्छ। धुलो पनि सडक नै नदेखिने गरी उड्छ। गएको चार वर्षयता बौद्ध–जोरपाटी–साँखु सडकको अवस्था यस्तै छ। ठेक्का सम्झौता भएको चार वर्षमा ६ किलोमिटर मात्रै सडक कालोपत्रे भएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजना र ठेकेदारको ढिलासुस्तीले  काम हुन नसकेको हो।

    चावहिल–साँखुको १२ किलोमिटर सडक विस्तार गरेर चार लेन र दुवैतर्फ फुटपाथ बनाउने योजना २०७२ सालबाट काम अघि सारिएको थियो। २०७४ सम्ममा सडक विस्तार सक्‍नेगरी ठेक्का सम्झौता गरिएको थियो। तर, बारम्बार म्याद थप्दा पनि हालसम्म कामले गति लिन सकेको  छैन।

शिला तिम्सिना

तिम्सिना फोटो पत्रकार हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]