समाज

सागमा पदक विजेता इलामेली खेलाडी सम्मानित हुँदै

पुस ३, २०७६

    काठमाडौं : दक्षिण एसीयाली खेलकुद (साग)मा पदक विजेता इलामका खेलाडी सम्मानित हुने भएका छन्। पद विजेता खेलाडीलाई सहिद रत्नकुमार बान्तवा खेलकुद केन्द्रले सम्मान गर्न लागेको हो।

    फुटबलबाट स्वर्ण पदक विजेता सन्दकपुर गाउँपालिकाका छिरिङ शेर्पा, उसुबाट स्वर्ण विजेता देउमाई नगरपालिकाकी जूनी राई, महिला फुटबलबाट रजत पदक विजेता सूर्योदय नगरपालिकाका एञ्जिला तुम्बापो, जुडोबाट रजत पदक विजेता सुमित्र राई, बिच भलिबलबाट कास्य पदक विजेता माङसेबुङ गाउँपालिकाकी विनिता बुढाथोकी र बास्केटबलबाट कास्य पदक विजेता विजय बुर्जालाई सम्मान गरिने केन्द्रका अध्यक्ष सन्जिप राईले जानकारी दिए।

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको उपस्थितिमा पुस ५ शनिबार काठमाडौंमा कार्यक्रम गरी सम्मान प्रदान गरिने अध्यक्ष राईले बताए। सहिद रत्नकुमार बान्तवा खेलकुद केन्द्रसँगको सहकार्यमा काठमाडौंमा बसोबास गर्दै आएका इलामका युवा तथा विद्यार्थीले आर्थिक संकलन गरेर खेलाडीलाई सम्मान गर्न लागेका हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]