विश्व

नागरिकता कानुनले बबाल, दिल्लीमै काटियो इन्टरनेट र मोबाइल सेवा

पुस ३, २०७६

    नयाँ दिल्ली: नयाँ नागरिकता संशोधन कानुन लागु भएसँगै भातरमा बबाल जारी छ। देशका विभिन्‍न राज्यमा आन्दोलन चर्किरहेका बेला नरेन्द्र मोदी नेतृत्वको सरकारले राजधानी सहर दिल्लीमा मोबाइल, एसएमएस र इन्टरनेट सेवा काटिदिएको छ। 

    विरोध चर्किँदै गएपछि दिल्लीको लाल किल्ला इलाकामा धारा १४४ लागु गरेर प्रदर्शन रोक्न खोजेको छ। तर धारा १४४ लागु गरिनुका बावजुद दिल्लीमा प्रदर्शन रोकिएको छैन।

    यसक्रममा कयौँ मानिसलाई प्रहरीले हिरासतमा लिएको छ। त्यसलगत्तै टेलिकम कम्पनी एयरटेलले राजधानी दिल्लीका केही भागमा भ्वाइस, एसएमएस र इन्टरनेट सेवा बन्द गरिदिएको हो। 

    एयरटेलका अधिकारीले एनडिटीभीलाई बताए अनुसार सरकारको आदेशमा दिल्लीका केही इलाकामा भ्वाइस, एसमएसए र इन्टरनेट सेवा बन्द गरिएको हो। यी सेवा सरकारकै आदेशमा सुचारु गरिने जनाइएको छ। एयरटेलले ट्वीट गरेर यसको जानकारी दिएको थियो। तर उक्त ट्विट तत्कालै हटाइएको छ।

    नागरिकता संशोधन बिल लोकसभाबाट ९ डिसेम्बर २०१९ मा पास भइसकेको छ। ११ डिसेम्बर,२०१९ मा राज्यसभामा गृह मन्त्री अमित शाहले पेश गरेको बिल पास भएसँगै भारतमा हंगामा भएको हो। यो बिल पास भएर नागरिकता संशोधन कानुन बनिसकेको छ।

    यसको विरोधमा असम, बंगालसमेत देशका कयौँ राज्यमा विरोध प्रदर्शन तीव्र हुँदैछ। १५ डिसेम्बरमा यस कानुनको विरोधमा प्रदर्शनका क्रममा हिंसा भड्किएको थियो। यस प्रदर्शनमा केही विद्यार्थी र प्रहरी घाइते भएका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]