काठमाडौं : पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण मंगलबार बिहान देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वा...
शारदा पाेखरेल
बारा: अवैध घरेलु मदिरा भट्टीहरूबाट रकम उठाउँदै गरेको अवस्थामा अख्तियारले हतियारसहित एक घुमुवा प्रहरीलाई नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले बुधबार प्रहरी जवान सरोजकुमार यादवलाई अवैध मदिरा भट्टी सञ्चालनमा सहजीकरण गरिदिने भन्दै सञ्चालकबाट १५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको हो।
अख्तियारले हतियारधारी घुमुवा प्रहरी यादवलाई बाराको सदरमुकाम कलैयाबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ। जिल्लाकै एक सुरक्षा निकायको अनुसन्धानले बाराका विभिन्न ठाउँमा सञ्चालनमा रहेका अवैध घरेलु मदिरा भट्टीमा प्रहरीको संरक्षण रहेको भेटिएको छ।
‘बाराका धेरै ठाउँमा प्रहरीकै मिलेमतो र संरक्षणमा अवैध घरेलु सञ्चालन भएको देखिन्छ,’ जिल्लाका एक उच्च सुरक्षा अधिकारीले भने, ‘अवैध मदिरा भट्टीहरुबाट प्रहरीले ५ देखि १० हजार रुपैयाँ असुल्ने गरेको पाइयो ।’
बाराको कोहल्वी, बारागढी गाँउपालिका, सिमाक्षेत्रका सिम्रौनगढ, पचरौता, सुवर्णपुर, देवताल, विश्रामपुर गाँउपालिकाको विभिन्न क्षेत्रमा नेपाल प्रहरीका केहि अधिकृतहरुको संरक्षण र मिलेमतोमा अवैध घरेलु मदिरा उत्पादन र ब्रिकी बितरण भईरहेको पाइएको छ।
जिल्लाकाे एक सुरक्षा निकाएकाे अध्ययन अनुसार यहाँका प्रहरीले ५ देखि १० हजार रुपयाँ उठाउने गरेकाे पाइएका छ । बाराका प्रहरी उपरिक्षक विकासराज खनालले घुमुवा प्रहरी जवान शरोज यादवलाई अख्तियारले रकम र हतियार सहित प्रकाउ नगरेको दाबी गर्छन्।
‘आयोगले उहाँलाई रकम र हतियारसहित समातेको होइन रकमको बार्गेनिङ गरिरहेको अवस्थामा प्रकाउ गरेको हो’ उनले भने, ‘उहाँको साथमा रकम फेला परेको जानकारी हामीलाई छैन।’
तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोईरालाद्धारा जारी विज्ञप्तीमा भने घुमुवा प्रहरी जवान यादव १५ हजार घुस रकम सहित प्रकाउ परेको उल्लेख छ।
प्रदेश नं २ प्रदेश प्रहरी प्रमुख, तथा प्रहरी नायव महानिरिक्षक (डिआजी) प्रधुम्न कार्कीले पनि हतियार बोकेकै अबस्थामा अख्तियारले घुस रकम सहित प्रकाउ गरेको पुष्टि गरे। ‘मुद्दा अनुसन्धानका लागि सुचना संकलनको प्रयोजनाका लागि मात्रै घुमुवा प्रहरीको प्रयोग गर्न र अन्य प्रयोजनका लागि घुमुवा नराख्न मैले कडा निर्देशन दिएको छु’ उनले भने।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।