साहित्य

कविता : अचेल पहाडहरू

पुस ५, २०७६

     

    अचेल

    पाखाहरुमा

    फुल्दैनन गुराँस !

    शहर पसेपछि

    फुङ्ग उडेजस्तो अनुहार लिएर

     उजाड-उदास छ्न पहाडहरू !

     कहिल्यै विद्रोही हुन नखोज्ने !

     युद्धमा लोग्ने गुमाएकी बिधवाको सिउँदो जस्तै !

    झरनाहरु गाउँदैनन् यौवनका कथाहरू

    न गाउँछ्न परिवर्तनका गीतहरु

     फिक्का छ्न् ईन्द्रेणीका रङ्गहरु

     

    आजभोलि 

    बदलिएका तार बोकेर

    किन रुन्छन र सारङ्गीहरु ?

    गुराँसहरु शहर पसेपछि

    यस्तै छन् पहाडहरु

    अचेल

    अगेनाका अगुल्टाहरु पनि

    भर्भराउन छोडे

    हेर्दैनन बाटोमा आँखाहरु

    कर्कस लाग्न थाले

    गाडीका प्वा-प्वा हर्नहरु

    आजभोलि यस्तै छन् पहाडहरु !

     

    दम बढेर श्वा!श्वा ! भएजस्तै

    टिबिले थलिए जस्तै किन दुखिरहन्छ पहाडहरु

     ए गुराँस! तिमी कहिले फर्कन्छौ पहाडहरुमा ?

    किन बनाउँछौ पहाडहरुलाई समुद्र ?

    बिन्ती गुराँस पहाड फर्क है!

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]