समाज

खुल्ला दिसामुक्त घोषित जुम्लाका २१ प्रतिशत घर शौचालयविहीन

फाइल फोटो
पुस ३, २०७६

    जुम्ला : तीन वर्षअघि खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको जुम्लामा अहिलेसम्म पनि २१ प्रतिशत घर शौचालयविहीन रहेको पाइएको छ। खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय जुम्लाको तथ्यांकअनुसार अझै पनि चार हजार १३ घरमा शौचालय नभएको पाइएको हो।

    जिल्लाका १९ हजार एक सय ६७ घरमध्ये १५ हजार एक सय ५४ घरमा मात्रै शौचालय रहेको तथ्यांकमा देखिएको छ। तत्कालीन खानेपानीमन्त्री प्रेमबहादुर सिंहले ०७३ खुला दिसामुक्त क्षेत्र घोषणा गरेका थिए।

    त्यस्तै, त्यहाँका १९ प्रतिशत अर्थात् तीन हजार ६ सय चार घरपरिवार खानेपानीको पहुँचबाट वञ्चित रहेको बताइएको छ। 

    उनीहरू खोलानाला, नदी र कुवाको पानी पिउँदै आएका छन्। १५ हजार पाँच सय ६३ घरमा मात्रै खानेपानीको पहुँच रहेको खानेपानी तथा सरसफाइ कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]