स्वास्थ्य

उदयपुरमा झाडापखालाको प्रकोप

पुस ३, २०७६

    उदयपुर : उदयपुरमा झाडापखाला र भमिटिङको प्रकोप देखा परेको छ।

    जिल्लाको त्रियुगा नगरपालिका १६ शाहिखोला स्थित ७ घर परिवारको १५ जनालाई भमिटिङ हुने, झाडापखालाको माहामारी फैलिएको त्रियुगा नगरपालिका १६ का वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए।

    स्थानीय एक ७० वर्षीय वृद्ध नरेन्द्र कार्की लाई अचानक झाडापखाला र भमिटिङ हुन थालेपछि कार्कीको परिवारसहित छिमेकी ७ घरमा समेत संक्रमण फैलिएको वडाध्यक्ष राईले  जानकारी दिए। 

    स्थानीय युवाको पहलमा जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको स्थानीय भुवन दाहालले बताए। पानीको कारणले संक्रमण फैलिएको हुन सक्ने भएकोले खानेपानी तथा ढल निकास विभाग बिराटनगरलाई पानी परीक्षणको लागि पठाइएको छ।

    अहिले बिरामीको अवस्था सामान्य रहेको र उपचारमा कुनै पनि कमी आउन नदिने वडाध्यक्ष राई बताए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]