राजनीति

सरकारले तराई/मधेस द्रुतमार्ग अधिकारभित्रका जग्गाको क्षतिपूर्ति दिने

पुस ३, २०७६

    काठमाडौं : सरकारले तराई/मधेस द्रुतमार्गभित्र परेका संरचनाको क्षतिपूर्ति दिने भएको छ। 

    मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको बिहीबारको नियमिति पत्रकार सम्मलेनमा सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले तराई/मधेश द्रुतमार्ग अधिकारभित्र परेका संरचना तथा जमिनको क्षतिपूर्ति दिने निर्णय गरेको बताए।

    सरकारले मार्गअधिकारभित्र परेका प्रेमबहादुर मोक्तानसमेत सातजना र स्वास्थ्य चौकी भवनको २५ रोपनी २ आना २ पैसा जग्गाको क्षतिपूर्ति दिने निर्णय गरेको हो। यो निर्णय मंसिर ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो।

    त्यस्तै, सरकारले माथिल्लो सानिगाड जलविद्युत् आयोजनाको हेड वर्क पावर ह्याउसलगायत संरचना निर्माण गर्न बझाङको बुंगल नगरपालिका-६ मा रहेको राष्ट्रिय वन क्षेत्रको १.०५ हेक्टर जग्गा ३० वर्षसम्म प्रयोग गर्न स्वीकृत दिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]