राजनीति

संसदीय समितिको निर्देशनपछि सरकारको निर्णय: दार्चुलामा घोडेटो बाटो बन्‍ने

पुस ३, २०७६

    काठमाडौं : सरकारले भारतीय भूमि भएर आवतजावत गर्न बाध्य भएका दार्चुलाको व्यास गाउँपालिकाको लागि घोडेटो बाटो बनाउने निर्णय गरेको छ। यस संसदको अन्तर्राष्ट्रिय समितिले यस्तो बाटो बनाउनको लागि सरकारलाई निर्देशन दिएको अवस्थामा सरकारले मन्त्रिपरिषबाट निर्णय लिएको हो।

    दार्चुला जिल्लको व्यास गाउँपालिका वडा १ छारुङबाट वडा २ दुम्लिङसम्मको बाटो सञ्‍चालनको ल्याउने निर्णय गरिएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै जानकारी गराएका हुन्। संघीय मामिला मन्त्रालयमार्फत यो बाटो संचालनमा ल्याउने निर्णय गरिएको छ।

    समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीलाई सहज आवतजावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउन निर्देशन दिएको थियो। त्यस्तै, नेपालको भूमि समेटेर नयाँ नक्सा पनि सार्वजनिक गर्न निर्देशन दिइएको थियो।

    लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]