विश्व

'केही तत्त्वले नेपाल र भुटानका सीमा प्रयोग गरी भारतमा शान्ति खल्बल्याउँदै'

पुस ३, २०७६

    भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले भारतमा शान्ति नचाहने तत्त्वहरूले नेपाल र भुटानको सीमा प्रयोग गर्ने गरेको बताएका छन्। 

    भारतको सीमा सुरक्षा बल (एसएसबी)को ५६ औं वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले भुटान र नेपालसँग भारतको सौहार्दपूर्ण सम्बन्ध भए पनि केही तत्त्वहरूले खुला सीमाको फाइदा उठाउने गरेको बताएका हुन्।

    ‘भारतमा शान्ति देख्‍न नचाहने केही तत्त्वहरूले भारतमा घुस्‍न यी देशका सीमा प्रयोग गर्न खोज्छन्,’ शाहले भने 'एसएसबी सुरक्षा फौज भारत र भुटानको सीमामा तैनाथ छन्।'

    एसएसबीले नेपाल र भुटानका सीमावर्ती क्षेत्रको सुरक्षा गर्ने गरेको छ। उनले एसएसबीको सुरक्षाका कारण १ सय ३० करोड भारतीय शान्तिसँग सुत्‍न सकेको भन्दै एसएसबीको प्रशंसासमेत गरे।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]