समाज

नेपाली सेनाका चारजना उच्‍च पदस्थको बढुवा

फाइल फोटो
पुस ३, २०७६

    काठमाडौं : नेपाल सरकार मन्त्रिपरिषदको बैठकले नेपाली सेनाका चारजना उच्च पदस्थहरूको बढुवा गरेको छ।

    सहायक रथी निर्मलकुमार थापालाई उपरथी पदमा, महासेनानी नारायण सिलवाललाई सहायक रथी पदमा, प्रमुख सेनानीहरू लब खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानी दर्जामा पदोन्नति गरेको हो। 

    त्यस्तै, गत मंसिर ३० गते नै  बसेको मन्त्रिपरिषदकाे बैठकले २ सेनानीको राजीनामा स्वीकृत गरेको छ। मन्त्री परिषदले महासेनानी दीप सिंह, प्राविधिक महासेनानी डा. अमित जोशीको राजीनामा स्वीकृत गराएको सरकार प्रवत्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

    त्यस्तै मन्त्रिपरिषदले तीन जना उपरथीहरुको सरुवा गर्ने निर्णय गरेको छ।    

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]