राजनीति

राजपासँगको सहकार्यबारे मन्त्री बाँस्कोटा : मन कतै भाच्चिएको थियो, मिल्यो

'मधेशको समृद्धिमा सरकारले काम गरेपछि राजपा मिल्यो'

फाइल फाेटाे
पुस ३, २०७६

    काठमाडौं : सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीचको सहकार्य राम्रो संकेत भएको बताएका छन्। सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले बिहीबार मन्त्रिपरिषद् बैठकमा पत्रकारको प्रश्‍नमा राजपाले नेकपासँग गरेको सहकार्य राम्रोका लागि भएको तर्क गरेका हुन्।

    राजपासँगको सहकार्य प्रधानमन्त्रीको सुखी नेपाली समृद्ध नेपालको अवधारण सफल पार्न भएको उनले बताए। नेकपा सरकारले मधेसको विकास र समृद्धिमा केही काम गरेको देखेपछि राजपा सहकार्य गर्न आएको उनको दाबी छ। 

    हिजोको दिनमा भाचिएको मन अहिले मिलेको पनि उनको भनाई छ। ‘हिजो कतै अलिकति खाल्टाखुल्टी परेका थिए। ती पुरिए। मन कतै भाच्चिएको कुच्चिएको थियो। त्यो मिल्यो। त्यो सिद्धियो’ बास्कोटाले भने।

    बुधबार राजपा र नेकपा नेतृत्वबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने गरी दुईबुँदे सहमति भएको छ। माघ ९ गते हुने निर्वाचनमा प्रदेश २ को चार सिटमध्ये दुई-दुई सिटमा एकले अर्कोलाई सघाउने सहमति गरकेा हुन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]