समाज

भृकुटीमण्डपको टहरा व्यवस्थापन गर्दै समाज कल्याण परिषद्‍

पुस ३, २०७६

    काठमाडौं : समाजकल्याण परिषदको स्वामित्वमा रहेको जग्गामा बनेको भृकुटीमण्डप खुला बजारलाई व्यवस्थापन गर्ने भएको छ। खुल्ला बजार अव्यवस्थित तरिकाले टहरा बनाई व्यापार गरिरहेकोले यसले सहरको सौन्दर्यतालाई  बिगारेकोले व्यवस्थित गर्ने तयारी गरिरहेको समाज कल्याण परिषद् भृकुटी मण्डपको कार्यालयले जनाएको छ।

    भृकुटीमण्डपको प्रर्दशनी केन्द्र पछाडिको ३२ रोपनी जग्गामा फैलिएको यो टहरालाई जस्ताको छाना बनाई व्यवस्थित गर्न लागेको भृकुटीमण्डप कार्यालयका समाज कल्याण समितिका अध्यक्ष सञ्जय कुमार मल्लिकले बताए। उनका अनुसार तीन महिनाको लागि लिएको थियो २७ वर्ष बित्यो तर, व्यवस्थापनको लागि अब समाज कल्याण परिषद् र सरकार गम्भीर भएको छ।

    उनले भने, 'हरियो त्रिपाल छानामा ओडाएर सहरको सौन्दर्य बिग्रेको छ। चौतर्फी विरोध भएपछि यसलाई नीलो जस्ताको छाना लगाउन लागेको हो।' भर्खरै मन्त्रीसँग पनि यस विषयमा सल्लाह पनि भएको उनले जानकारी दिए। काठमाडौं महानगरपालिकाले पनि यसलाई व्यवस्थापन गर्नलाई अनुरोध गरिसकेको उनले बताए।

    सके यहाँबाट वैकल्पिक स्थान खोज्छौँ नत्र भने यही व्यवस्थित गरेर राख्ने मल्लिकले बताए। यसको लागि केन्द्र सरकार र स्थानीय सरकारसँग सल्लाह गरी व्यवस्थापन गरिने उनको भनाइ छ। 

    पैसा मात्रै उठाइयो व्यवस्थापन भएन

    बजार व्यवस्थापनको विषय हल्लामा मात्रै सीमित रहेको र यसका लागि आवश्यक कुनै पनि पहलहरू नगरिएको कुरा व्यवसायीहरू बताउँछन्। सरकारले पैसा मात्र  लिएको छ व्यवस्थापनमा ध्यान नदिएको व्यावसायी सोम कोइराला बताउँछन्। उनले भने, 'व्यवस्थापन गर्न पनि सक्छन्, नगर्न पनि सक्छन् सबै उनीहरूको मोडमा भर पर्छ।' सरकारको त भर छैन के हामीलाई व्यवस्थापन गर्न सक्छ र व्यवस्थापनको कुरा आउने बित्तिकै विश्वास नलाग्ने उनको भनाइ छ।

    'यस खुला बजार टहरामा १५ सय पसल छन्,'उनले भने,'१ हजार व्यापारी छन्,एकजनाको २ देखि ३ पसल छ।' सरकारले चाहेमा यस बजारलाई व्यवस्थापन गर्न सक्ने उनले विश्वास व्यक्त गरे।

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]