काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (बुधवार) दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २ हजार ३० दशम...
म्याग्दी : नेपाल टेलिकमले नेपालमै पहिलो पटक म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरबाट फाइबर टु द होम सेवा सुरु गरेको छ।
बुधबार नेपाल टेलिकमले गलेश्वरमा एक कार्यक्रमको आयोजना गरीे भ्वाइस तथा डाटाका लागि प्रयोग गर्दै आइरहेको तामाको तार (कपर) प्रविधिलाई पूर्ण रूपमा हटाएर फाइबर प्रविधिबाट सेवा शुभारम्भ गरेको हो।
नेपाल टेलिकम बागलुङ शाखाका प्रमुख केशव शर्मा र म्याग्दीका प्रमु्ख विष्णुदेव शाहले कपर प्रविधिलाई हटाएर फाइबरमार्फत् इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवाको सुरुवातको घोषणा गरेका हुन्। म्याग्दीबाट टेलिकमले पुरानो नम्बरबाटै फाइबरको सेवा लिन सकिने नेपालमै पहिलोपटक सुरुवात गरेको बागलुङ टेलिकमका प्रमुख शर्माले बताए।
‘अन्य जिल्लामा नयाँले यो सेवा पाउँछन्,‘गलेश्वरमा पुरानै नम्बरमा नयाँ प्रविधि जडान गरी सेवा सुरु भएको छ’ शर्माले भने। गलेश्वर बजारमा रहेका ६९ प्रयोगकर्तामध्ये बुधबारदेखि ६४ जनाले एफटीटीएच प्रविधिको सेवाको प्रयोग गरेको बताउँदै केहीदिनभित्र बेनीमा रहेका एक हजार २१६ ग्राहकलाई सेवा उपलब्ध गराउने टेलिकमले जनाएको छ।
फाइबरमार्फत् इन्टरनेट तथा ल्यान्डलाइन टेलिफोन सेवासँगै निकट भविष्यमा भिडियो अर्थात टिभी सेवा समेत सुरु गरेपछि तीनवटै सेवामा टेकिलमले ठूलो बजार हिस्सा आगेट्ने दावी समेत गरिएको छ। हाल तामाको तारमार्फत जडिट एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएस देखि ५ एमबिपिएस गतिमा मात्र चल्ने भए पनि यो प्रविधिको प्रयोग हुँदा घटीमा आठ एमबिपिएसदेखि ५५ एमबिपिएस गतिमा चल्नेछ।
यो सेवाले म्याग्दी द्रूत गतिमा इन्टरनेट चलाउन चाहाने म्याग्दीका ग्राहकलाई ठूलो टेवा पुग्ने टेलिकमले जनाएको छ। सेवा शुभारम्भको कार्यक्रम सञ्चालनमा गलेश्वर शिवालय क्षेत्र विकास कोषका कोषाध्यक्ष बमबहादुर पुन, पत्रकार महासंघ म्याग्दीमा अध्यक्ष तारानाथ शर्मा सहित पत्रकारको उपस्थिति रहेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।