रौतहट : रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर १ मा पतिपत्नीबीच भएको विवादमा पतिले हँसियाले घाँटी रेट्दा पत्नीको मृत्यु भएको छ। वृन्दावन न...
चितवन : आत्महत्या दुरुत्साहन मुद्दामा मकवानपुरकी रन्जना मैनालीलाई चितवन जिल्ला अदालतले धरौटिमा छाडेको छ। जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार एक लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्ने आदेश दिएको हो।
चितवनका रवि रुवाली र मकवानपुर, हेटौँडाकी रन्जनाबीच २०७३ साख फागुन ३ गते विवाह भएको थियो। त्यसपछि अष्ट्रेलिया गएकी रन्जना र रविका बीच राम्रो सम्बन्ध हुन नसक्दा घटना घटेको परिवारको भनाइ छ।
अष्ट्रेलियाबाट रन्जना नेपाल आएको केही दिनमै रविले विष सेवान गरी आत्महत्या गरेका थिए। रन्जनालाई आफ्नै श्रीमान चितवनका रविलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै रविका परिवारले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका थिए। चितवन अदालतमा हिजो आत्महत्या दुरुत्साहत मुद्दा दायर गरेका थिए। मुद्दा दाएर भएको भोलिपल्टै अदालतले धरौटीमा छोड्ने आदेश दिएको हो।
रन्जना अन्तिम फैसला नभएसम्मका लागि विदेश जान नपाउने भएकी छिन्। अनुसन्धानका लागि उनको पासपोर्ट चितवन अदालतमै रहने अदालतका श्रेष्तेदार रुद्रमणी गिरीले बताए। आदेशमा विदेश जान रोक लागेको भनिएको नभए पनि पासपोर्ट अनुसन्धानका लागि राखिने भएपछि जान नपाउने भएकी हुन्।
रन्जनालाई यहि पौष २४ गते तारेख तोकिएको छ। बादीतर्फबाट चारजना अधिवक्ताले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट दुईजना अधिवक्ताले बहस गरेका थिए। यसअघि मंगलबार पनि आत्महत्या दुरुत्साहन मुद्दामा चितवन जिल्ला अदालतले एकजनालाई ५० हजार धरौटीमा छाडेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।