पाल्पा : जिल्लाको रिब्दिकोट गाउँपालिका १ ख्याहास्थित कराम्दीमा मंगलबार एक किशोरी मृत फेला परेकी छन्। सोही ठाउँकी १९ वर्षीया पद्मा स...
जनकपुरधाम : जनकपुर उच्च अदालतकी न्यायाधीश सकुन्तला घिमिरेको अंगरक्षक प्रहरी जवान रनिता केवटको पेस्तोल लिएर भागेका प्रेमी सिवेन्द्र यादव पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले यादवलाई पेस्तोल र गोलीसहित जनकपुरधाम उपमहानगरपालिका १५ रामपुरबाट पक्राउ गरेको हो। यादवलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।
नवलपरासीको देउडा-६ घर भएका यादव प्रेमिका प्रहरी जवान केवटसँग जनकपुरधाम उपमहानगरपालिका-४ मा बस्दै आएका थिए। प्रहरी जवान केवटसँग विवाद भएपछि गोली लोडेड पेस्तोल लिएर यादव तीन दिनअगाडि भागेका थिए।
पेस्तोल लिएर भागेपछि प्रहरी जवान केवटलाई जिल्ला प्रहरी कार्यालय तानिएको छ। डिएसपी कार्कीले पेस्तोल लिएर नभागेको भन्दै घटना लुकाउने प्रयास गरेको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।