राजनीति

फोबियाहरूद्वारा हामी चल्न चाहदैनौँ, मिलिनियम च्यालेन्ज सम्झौता पास हुन्छ’

पुस ३, २०७६

    काठमाडौं : सरकारले मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसिसी) सम्बन्धी सम्झौता संसदबाट अनुमोनदन हुने प्रष्ट पारेको छ।

    सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हिउँदे अधिवेशनबाट एमसिसी पारित हुने बताएका हुन्। सञ्चार मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले जुनसुकै हालतमा पनि यो पारित हुने बताए। ‘फोबियाहरूद्वारा हामी चल्न चाहदैनौँ। यो पास हुन्छ’, उनले भने।

    पार्टीभित्र नै एमसिसीको विरोध भइरहेको सन्दर्भमा बाँस्कोटाले यसको विषयमा धेरै बुझेका र केही नबुझेकाहरुले विरोध गरिरहेको बताए। ‘एमसिसी र इण्डो प्यासिफिक रणनीति एउटै हो भन्नेहरू कि धेरे बुझेको हुनुपर्छ कि केही नबुझेको। अंग्रेजी नी जान्या छ, स्पेनिस नि जान्या छ, हिन्दी नि जान्या छ, चाइनिज पनि जान्या छ, भने यति धेरै जान्नेले नै जान्दछ। मलाई जहाँसम्म लाग्छ एमसिसी आउँदा इण्डो प्यासिफिक भन्ने शब्दावली नै आएको थिएन।’

    नेकपाको विदेश विभागले समेत यसको विरोध नगरोको भन्दै बाँस्कोटाले दलको बैठकमा कुरा आउँदैमा केही फरक नपर्ने बताए। ‘दलको बैठकमा अनेकौँ कुराहरू उठ्छन् नी! उठेका सबै कुरा कहाँ पास हुन्छन्? कहाँ सदर हुन्छन्? हुँदैनन् नी!’, बाँस्कोटाले भने।

    बाँस्कोटाले एनसेललाई फ्रिक्वेन्सी दिइएको सन्दर्भमा सबै पारदर्शी रूपमा भएको बताए। इतिहासमै पहिलोपटक बोलकबोल प्रकृयाबाट वितरण गरिएको भन्दै बाँस्कोटाले यो पारदर्शी भएको बताएका हुन्।

    ‘लिलामीमा भाग लिन मापदण्ड बनेका थिए। मापदण्ड पुगेका कम्पनीले भाग लिए। जसको लाइसेन्स नै छैन्। जुन कम्पनी टाट पल्टेको छ त्यसलाई दिएन भनेर हुन्छ’, उनले भने, ‘९ मेगाहर्ज लिलामी भएको छ। यसबाट ४५ करोड सरकारलाई आउँछ। टेलिकमले त्यही रेञ्जमा प्रयोग गर्छ। हावाबाट नै ९० करोड रुपैयाँ आउँछ।’

    बाँस्कोटाले राष्ट्रिय जनता पार्टीसँग भएको चुनावी गठबन्धन स्वभाविक भएको बताए। राजनीतिको कुनै सीमा नुहने भन्दै बाँस्कोटाले आफनो पार्टीले कुनै पनि दललाई विपक्षी बनाउन नचाहेको बताए। राजपाले पनि सुरुमा सरकारलाई समर्थन गरेको स्मरण गर्दै बाँस्कोटाले बीचमा केही खाल्डाखुल्डी परेर मन भाँचिएको बताए।

    ‘सरकारमा आउनुभयो भने वेलकम छ। एक, दुईजना मन्त्री फिर्ता बोलाउनुपरे पनि बोलाउँछौँ। भागवण्डाको कुरा भएन नेकपा उदार छ। सरकारबाट कोही पनि बाहिरिनु पर्दैन’’ उनले भने।

    प्रवक्ता बाँस्कोटाले नेपाल भारत सीमा क्षेत्रमा बिओपी थप्न कुनै कुराले पनि समस्या नगर्ने बताए। आफ्नो देशको आन्तरिक सुरक्षालाई व्यवस्थित गर्न बिओपी थपिन लागेको बताए।

    सीमा समस्या समाधानका लागि सरकारले काम गररहेको बताउँदै बाँस्कोटाले उत्तेजनात्मक हिसाबले समस्या नहुने तर काम तेल हालेर नबसेको बताए। १ सय १४ वटा बिओपी थपेर भारतलाई युद्धको निम्तो नदिएको भन्दै बास्कोटाले देशको आन्तरिक सुरक्षाका लागि यो गरिन लागेको बताए।

    गोकर्ण रिसोर्टसँग थप गरिएको सम्झौताका पहिलेको भन्दा बढी पैसा तिर्नुपर्ने गरि गरिएको बताए। ‘कसैले सञ्चालन गरिरहेको थियो। भिजिट नेपाल चल्दैछ। उसको संरचना छ। उसको लगानी छ। त्यसको हिसाब किताबमा म जान्न पहिले जति दिएको थियो अब त्यसले त्योभन्दा बढी तिर्नुपर्छ।’

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]