अर्थ : कर्पोरेट

शेयर संसारले ल्यायो शेयर खेलाडी सफ्टवेयर

पुस ३, २०७६

    काठमाडौं : शेयर संसार डटकमले शेयर खेलाडी सफ्टवेयर सार्वजनिक गरेको छ। शेयर संसार डट कमले शेयर बजारमा वेब आधारित गेमिङ प्रणालीको सफ्टवेयर शेयर खेलाडी सार्वजनिक गरेको हो।

    शेयर संसारका प्रबन्ध निर्देशक, सन्दीप बिक्रम राणाले यो सफ्टवेयर प्रयोगबाट शून्य जोखिममा नेपाली शेयर बजारको प्रत्यक्ष अनुभव लिन सकिने बताए। 'एसएस प्रो र शेयर खेलाडीको संयुक्त प्रयोगले अनुभवी र शुरुआती लगानीकर्ताहरुको लगानी निर्णय गर्ने क्षमता बढाउनेछ' उनले भने।

    वेब आधारित गेमिङ प्रणालीको प्रयोगले नेपाल स्टक एक्स्चेन्जबाट लगानीकर्तालाई वास्तविक समय सापेक्ष कारोबारको डाटा प्रदान गर्दछ। लगानीकर्ताले शेयर खेलाडीमार्फत भर्चुअल पैसाको साथ शेयर कारोबारको अभ्यास गर्न सक्दछन्। यस सफ्टवेयरमा विभिन्न इभेन्ट संचालन गर्न सकिन्छ साथै तेस्रो पक्षले पनि यसमा विभिन्न इभेन्ट आयोजना गर्न सक्छन्।

    कार्यक्रममा भाग लिन इच्छुक लगानीकर्ताले शेयर संसार डटकममा प्रवेश गरी, खाता सिर्जना गर्ने सक्ने छन्। शेयर खेलाडीमा लगानीकर्ताले सूचीकृत विभिन्न इभेन्ट्समा सहभागी हुनुका साथै आउँदो इभेन्ट्सको सूचना अग्रिम रूपमा पाउन सक्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]