समाज

मनको बाँधका कलाकार आनन्द थापाको निधन

पुस ३, २०७६

    काठमाडौं : विगत दुई वर्षदेखि प्यारालाइसबाट थलिएका आनन्द थापाको ८० वर्षको उमेरमा बुधबार निधन भएको छ। उनको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

    रंगमञ्च, टेलिचलचित्र र चलचित्र अभिनयमा क्रियाशिल उनी हास्यकलाकारको रूपमा चिनिन्थे। ‘मनको बाँध’बाट चलचित्र अभिनयमा लागेका उनी त्योभन्दा अगाडि नाटक र रंगमञ्चमा क्रियाशील थिए।

    उनले कुमारी, कान्छी, मायाप्रिती, अचानक, राज, प्लान, वरदानलगायत दर्जनौँ चलचित्रमा अभिनय गर्नुका साथै करिब ३ दर्जन बढी टेलिचलचित्र अभिनय गरेका छन्।

    गाईजात्रा महोत्सवमा हास्यब्यङ्ग्य प्रस्तुतिसमेत दिने थापाले केही नाटक तथा टेलिफिल्म लेखन निर्देशन पनि गरेका छन्। उनी राम्रो गायक पनि हुन्। उनले गाएको ‘मेरो दश रुपैयाँ किलोमा आलु बिकेन’ प्यारोडी गीत एक समय निकै चर्चामा थियो।

    केही म्युजिक भिडियोसमेत अभिनय गरेका थापा पछिल्लो समय कमेडी सिरियल ‘घ्याम्पो भित्रको खिचडी’ आफ्नै अभिनय, लेखन र निर्देशनमा तयार पारेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]