राजनीति

हिन्दुका नाममा तातेका कांग्रेस

रानाभाटदेखि विपिन समेतको साथ

पुस ३, २०७६

    काठमाडौं : धर्म निरपेक्षताको शब्द हटाएर हिन्दुत्वलाई अगाडि बढाउन जिम्मेवारी प्रजातान्त्रिक विचार राख्नेहरू एक हुनु पर्नेमा सरोकारवालाहरू लागि परेका छन्।

    बिहीबार काठमाडौंमा कांग्रेससँग नजिक रहेका सरोकारवालाको सम्पन्न बृहत भेलामा नेपाल परापूर्वकालदेखिको हिन्दुराज्य हुँदाहुँदै धर्म निरपेक्ष राज्य बनाइएकाले पुन : हिन्दुराज्य नै कायम गराउनका लागि प्रजातान्त्रिक विचार धारा राख्नेहरू एक जुट भएर दवाव दिन लागिपर्ने विचार राखेका हुन्। 

    कार्यक्रममा होमनाथ दाहालले परापूर्वकालदेखि नेपालीले सनातन धर्म र संस्कृतिमा विश्वास राखेरै अगाडि  बढेको बताए। उनले स्वाधिन देशमा कुन बेला शव्द परिवर्तन भई परचक्रको खेल खेली रजाई गर्न थालेकाले जनतालाई अन्योलमा पारेको बताए। दाहालले संविधान निर्माणका क्रममा आफूले धर्म निरपेक्षताको विरोध गरेता पनि नीति निर्माणमा बसेकाले हाम्रा विचारलाई  कुनै ध्यान नदिएको गुनासो पनि गरे।

    भेलामा कांग्रेस नेता तथा पूर्वमन्त्री शुशील शेरचनले जात धर्म र भाइचाराको विरोधमा राजनीति गराई एकै घरपरिवारमा पनि विश्वास गुमाउनु परेको तीतो यथार्थ भएको बताए। वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले हिन्दुत्वको कुरा हिन्दुहरू बीचमा मात्र होइन कि हिन्दुत्वको कुरा नै सुन्न नचाहनेहरूको बीचमा समेत गरेर उनीहरूलाई सकारात्मक बनाइ सनातन धर्म र संस्कृतिप्रति आस्थावान बन्न प्रेरित गर्नुपर्ने विचार राखे।

    पत्रकार त्रिपाठीले ९० प्रतिशत ओमकार परिवार र पचासी प्रतिशत हिन्दु भएको देश विदेशीको इशारामा चलिरहेको बताए। उनले कहिले होली वाइनको नाममा त कहिले विदेशी संस्कार र संस्कृतिको नाममा गैरहिन्दुत्व गतिविधि मौलाएको बताए।

    पूर्वमन्त्री तथा कांग्रेसका नेता विपिन कोइरालाले सनातन धर्म एवं नेपाली संस्कृति संरक्षणका लागि अब त सडकमा ओर्लनु पर्ने बेला आएको बताए। त्यसैगरी अर्का नेता तारानाथ रानाभाटले पनि सबै हिन्दु विरुद्धका क्रियाकलाप गलत भएकाले यस्ता गतिविधिविरुद्ध सवै एकजुट भएर लाग्नुपर्ने बताए।

    सनातन धर्म एवं नेपाली संस्कृति संरक्षण अभियानको नाममा आयोजित उक्त कार्यक्रममा कांग्रेसका अन्य वरिष्ठ नेताले पनि आफ्नो धारणा राखेका थिए। सो कार्यक्रमको संयोजक कांग्रेसका वरिष्ठ नेता विपिन कोइराला थिए भने प्रमुख अथिति तारानाथ रानाभाट रहेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]