विश्व

नयाँ नागरिकता कानुनको भारतभर विरोध, लखनउमा एक प्रदर्शनकारीको मृत्यु

पुस ३, २०७६

    नयाँ नागरिकता संशोधन कानुन लागू गरेको विरोधमा भारतमा जारी प्रदर्शन थप हिंस्रक बन्दै गएको छ। यसैबीच उत्तर प्रदेशको राजधानी लखनऊमा प्रदर्शनकारीले प्रहरी चौकीमा आक्रमण गरेपछि भड्किएको हिंसामा एक प्रदर्शनकारी मारिएका छन्।

    हिंसा नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन्। एक प्रहरीलाई समेत गोली लागेको आजतक अनलाइनले लेखेको छ। उत्तर प्रदेशको राजधानी लखनउमा जारी प्रदर्शनले उग्ररूप लिएको छ।

    मुख्यमन्त्री योगी आदित्यनाथले विशेष बैठक बोलाएर प्रदर्शनको नाममा हिंसा स्वीकार्य नहुने भन्दै दोषीलाई कडा कार्वानी गर्ने चेतावनी दिएका थिए। नयाँ कानुनको विरोधमा प्रदर्शन चर्किएपछि सरकार पनि कडा रूपमा प्रस्तुत भएको छ।

    देशका विभिन्न राज्यमा आन्दोलन चर्किरहेका बेला नरेन्द्र मोदी नेतृत्वको सरकारले राजधानी सहर दिल्लीमा मोबाइल, एसएमएस र इन्टरनेट सेवा काटिदिएको छ। कानून संशोधनको विरोधमा भारतीय कम्युनिष्ट पार्टीले बिहीबार देशभर बन्दको आह्वान गर्दै प्रदर्शन गरेको थियो। विरोध हिंसात्मक हुन थालेपछि प्रहरीले धारा १४४ प्रयोग गर्दै कफ्र्यु जारी गरे पनि प्रदर्शन रोकिएका छैनन्।

    प्रदर्शनका क्रममा मेंगलुरमा दुई जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। यहाँ २० सुरक्षाकर्मी पनि घाइते भएको छन्। प्रदर्शनका कारण हवाई सेवा पनि प्रभावित भएको छ। केही फाइट स्थगित गरिएको छ भने केही डिले भएका छन्। इन्डिगो एयरलाइन्सका १९ उडान रद्द हुनुका साथै १६ फलाइटमा ढिलाइ भएको थियो।

    यसैबीच कांग्रेसका अध्यक्ष राहुल गान्धीले सरकारलाई कलेज, टेलिफोन, इन्टरनेट सेवा बन्द गर्ने, मेट्रो सेवा रोक्ने र धारा १४४ लगाउने कुनै अधिकार नभएको भन्दै विरोध गरेका छन्। गान्धीले सरकारले भारतको आवाज दबाउने प्रयास गरिरहेको र शान्तिपूर्ण प्रदर्शनलाई रोकिरहेको आरोप लगाए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]