राजनीति

उत्पीडितले परिवर्तनको महसुस नगरेसम्म क्रान्ति अधुरै रहन्छ : नेता राई

पुस ३, २०७६

    इलाम : समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले उत्पीडितले परिर्वतन महसुस नगरेसम्म क्रान्ति सफल नहुने बताएका छन्।

    नेता राईले नेपाली समाजमा राजनीतिक क्रान्ति अझै पूरा नभएकाले नेपाली समाजमा क्रान्तिको कार्यभार अझै पूरा नभएको बताए। उनले भने, 'जबसम्म उत्पीडितले परिवर्तनको महसुस गर्दैनन्। तबसम्म क्रान्ति अधुरै रहन्छ। अब आम उत्पीडितसम्म परिवर्तनको महसुस पुर्‍याउने काम समाजवादी पार्टीले गर्नेछ।’ अन्य दलहरूले राजनीतिक क्रान्ति समाप्त भएको भन्दै आर्थिक क्रान्तिको कुरा गरिरहेका बेला वरिष्ठ नेता राईले राजनीतिक क्रान्ति नै बाँकी रहेको दोहोर्‍याए। 

    ‘आदिवासी, बिपन्न, महिला, दलित, मधेसी, मुस्लिम एवं उत्पीडितले अझै परिवर्तनको महसुस गरेका छैनन्’ राईले भने। समुन्नत संघीय समाजवादलाई मार्ग दर्शन मानेर पार्टी अगाडि बढेको बताउँदै वरिष्ठ नेता राईले पहिचानसहितको संघीयता, सुशासन र सदाचारसहितको शासन व्यवस्था, गरिवी र बेरोजगारी अन्त्य भएको समृद्धि र न्यायपूर्ण समाजवाद आफ्नो पार्टीको लक्ष्य भएको बताए। 

    संविधान संशोधन गर्न आफूहरू सरकारमा सहभागी भएको उल्लेख गर्दै माग पूरा नभए समाजवादी पार्टी सरकारबाट बाहिरिने चेतावनी पनि दिए। ‘चाँडै सरकार र नेकपासँग अन्तिम पटक वार्ता गरिनेछ। संविधान संशोधन गर्न तयार नभए सरकारबाट बाहिरिने छौं’ राईले भने। 

    फरक प्रसंगमा नेता राईले नेकपाको अहिलेको शक्ति सधैं कायम नरहने दावी गरे। ‘नेपालमा राणाले पनि सधैं राज गर्छु भन्ने ठानेका थिए। राजाले पनि त्यही सोचे। तर उनीहरूको हालत के भयो सबैलाई थाहा छ’ उनले भने, ‘अहिले नेकपालाई पनि त्यस्तै लागेको होला। तर त्यो सम्भव छैन।

    जनताले सधैं परिवर्तन खोजिरहेको हुन्छ।’ उनले पहिचान र अधिकार प्राप्तिका लागि शक्तिको आवश्यक पर्ने भन्दै शक्ति निर्माणमा लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिए। कार्यक्रममा समाजवादी पार्टीका उपाध्यक्ष युवराज कार्कीले राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा र राजपा नेपालबीच भएको सहमति उनीहरूको हतासको मनस्थितिको उपजको संज्ञा दिए।

    ‘समाजवादी पार्टीप्रति जनताको आकर्षण बढ्दो छ। त्यही आकर्षणबाट आत्तिएर नेकपा र राजपाले तालमेलको सहमति गरेका हुन्’ उपाध्यक्ष कार्कीले भने। त्यस्तै समाजवादी पार्टीका सचिव पशुराम बस्नेताले पहिचान विना संघीय गणतन्त्र संंस्थागत हुन नसक्ने पनि दावी गरे।

    नेपाल विविधताको प्रतिक रहेको उल्लेख गर्दै बस्नेतले विधितालाई सम्बोधन गर्न पहिचानको मुद्दालाई अनिवार्य सम्बोधन गर्नुपर्नेमा जोड दिए। त्यस्तै केन्द्रीय सदस्य तथा प्रदेश १ का अध्यक्ष प्रविण चाम्लिङले मुलुक कृषि उत्पादनमा आत्मनिर्भर नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा नारामा मात्र सीमित हुने दावी गरे। 

    कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद जयराम यादव, केन्द्रीय सदस्य मित्र चापागाई, प्रेस नेपालका उपाध्यक्ष कमन देवान, समाजवादी पार्टीका इलाम अध्यक्ष कमल चाम्लिङ, समाजवादी विद्यार्थी युनियन केन्द्रीय सदस्य सञ्जय राई, समाजवादी महिला संघ इलामकी अध्यक्ष बिनु राईले  समेत सम्बोधन गरेका थिए।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]