जनकपुरधाम : ई-रिक्सा चार्ज गर्ने क्रममा जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका व...
काठमाडौं : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल‚ भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणका अभियुक्त गौतम योञ्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ।
डा. श्रेष्ठलाई अपहरण गरेको ९ वर्षपछि सिआइबीको टोलीले योञ्जनलाई काठमाडौंको महाराजगंजबाट पक्राउ गरेको हो। पुनरावेदन अदालतले उनलाई ५० हजार जरिवानासहित ९ वर्ष कैदको फैसला सुनाएको थियो। उनलाई केन्द्रीय कारागार पठाइएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआइजी निरज शाहीले जानकारी दिए।
विस २०६७ जेठ ४ मा भीमसेन पण्डित, रोहित पालिवाललगायतको समूहले डा. श्रेष्ठको अपहरण गरेको थियो। अपहरणपछि काठमाडौंको विभिन्न ठाउँमा उनलाई बन्धक बनाएर राखिएको थियो।
बन्धक बनाएको १९ दिनपछि भारत, उत्तरप्रदेशको कानपुरनजिकै अपहरणकारीलाई तीन किलो ६ सय ग्राम सुन फिरौती बुझाएपछि उनी छाडिएका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।