विश्व

रुसको सुरक्षा मुख्यालयमै आतंकवादी हमला

तीन बन्दुकधारी मारिए, एक सुरक्षा अधिकारीको पनि ज्यान गयो

पुस ४, २०७६

    काठमाडौं : रुसको सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्विस (एफएसबी) को मुख्यालयमा भीषण बन्दुक आक्रमण भएको छ।

    मुख्यालयको भवनभित्र स्वचालित हतियारले फायरिङ गर्ने तीन बन्दुकधारीलाई सुरक्षा अधिकारीहरुले मारिदिएका छन्। बन्दुक हमलामा परी पाँचजना घाइते भएका रुसी मिडियाहरुले उल्लेख गरेका छन्।

    तर भवनभित्र निकै हताहती भएको हुनसक्ने अधिकारीहरुको आंकलन छ। अहिले सुरक्षाबलले त्यहाँ घेराबन्दी गरिरहेको र वरिपरिका मानिसहरुलाई घरभित्र जान भनिरहेको छ। 

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बार्षिक रुपमा गर्ने अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनको केही घण्टाअघि यो आक्रमण भएको हो। सेन्ट्रल मस्कोस्थित रुसको प्रमुख सुरक्षा एजेन्सीको भवनभित्र अहिले पनि गोली चलिरहेको छ।

    बन्दुकधारीको आक्रमणमा परी दुइजना सुरक्षा अधिकारीहरु गम्भीर घाइते भएका छन्। आफ्ना एक सुरक्षा अधिकारीको पनि मृत्यु भएको गुप्तचर एजेन्सीले जनाएको छ, तर अहिलेसम्म आधिकारिक पुष्टि भइसकेको छैन। 

    अहिले एफएसबीका दुई प्रमुख भवनका चारैतिर सुरक्षाबल र प्रहरीहरु परिचालित छन्। रुसमा सुरक्षा सेवा दिवस मनाउँदै गर्दा यो आक्रमण भएको हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]