विश्व

भारतमा नागरिकता विधेयकको चर्को विरोध, अहिलेसम्म नाै जनाकाे मृत्यु

पुस ४, २०७६

    भारतमा नागरिकतासम्बन्धी विधेयकलाई लिएर भएको प्रदर्शनमा अहिलेसम्म नौ जनाको ज्यान गएको छ। 

    हिजो मात्र तीन जना प्रदर्शनकारीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  प्रदर्शनका कारण राजधानी नयाँदिल्लीमा २० भन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको थियो। मोबाइल सेवा अवरुद्ध पारिएको छ। प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन्। केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। 

    भारत सरकारले ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो।नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन्।

    भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ। अंगीकृत नागरिकताका लागि भने ६ वर्षमात्र बसेको वा काम गरेको हुनुपर्ने नयाँ कानुनी व्यवस्था गरिएको छ। मुस्लिमहरुलाई भने कानुनले विभेद गरेको प्रदर्शनकारीहरुको आरोप छ।

    हिजो मात्रै भारतीय गृहमन्त्री राजनाथ सिंहले भारतविरोधी तत्वहरुले छिमेकी देश नेपाल र भुटानलाईको सीमा क्षेत्र प्रयोग गरेर आफ्नो देशको शान्ति सुव्यवस्था खल्बल्याउने कार्य गरिहरको र छिमेकी मुलकसँगको सम्बन्धमा फाटो ल्याउन खोजेको आरोप लगाएका थिए। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]