राजनीति

वकिल र प्रहरीको सम्मेलन आजदेखि शुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

पुस ४, २०७६

    काठमाडौं : सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतहरुको संयुक्त सम्मेलन आजदेखि काठमाडौंमा शुरु हुँदैछ। 

    राष्ट्रिय सभागृहमा आयोजना हुने दोस्रो राष्ट्रिय सम्मेलनको दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।  महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो। आज उद्घाटन कार्यक्रम मात्रै हुने र भोलीदेखि समूहगत छलफल अघि बढ्ने महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता संजीवराज रेग्मीले जानकारी दिए। सम्मेलनमा देशभरका सरकारी वकिल र प्रहरी अनुसन्धान अधिकृतगरी ६ सय भन्दा धेरै सहभागी हुनेछन्। 

    भोलीदेखि ६ वटा समूहमा समूहगत छलफल संचालन गरिने प्रवक्ता रेग्मीले बताए। सम्मेलनमा नयाँ संहिता लागू भएपछि त्यसको कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपायबारे छलफल हुनेछ। अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच सहकार्य बढाउन र सरकारवादी मुद्दामा वस्तुनिष्ट र बैज्ञानिक अनुसन्धान गरी बलियो प्रमाण संकलनका लागि सम्मेलन फलदायी हुने विश्वास लिइएको छ।

    ‘व्यावसायिक चरित्र, पारदर्शी व्यवहार : निष्पक्ष, अनुसन्धान र अभियोजन, न्यायको आधार’ भन्ने नाराका साथ हुन लागेको सम्मेलन आइतबार सकिनेछ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]