समाज : सुरक्षा/अपराध

धनुषा बमकाण्ड : जनकपुरमा विप्लवका अर्का नेता समातिए

पुस ४, २०७६

    जनकपुरधाम : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता रोहित ढकाललाई प्रहरीले पक्राउ गरेको छ। जनकपुर इञ्चार्ज ढकाललाई प्रहरीले बिहीबार साँझ बजार क्षेत्रबाटै पक्राउ गरेको हो। 

    महेन्द्रनगर बमकाण्डको अनुसन्धान गर्न गठित प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहको टोलीले ढकाललाई समातेको हो। सिन्धुलीका स्थायी बासिन्दा ढकालमाथि अनुसन्धान भइरहेको प्रहरीस्रोतले जानकारी दिएको छ।

    पक्राउ परेका ढकालले शुरुमा आफुलाई पत्रकार भन्दै परिचय लुकाउने प्रयास गरेका थिए। तर जनकपुर आएको जानकारी पाएसँगै प्रहरीले केहीदिनदेखि उनीमाथि निगरानी राखेको थियो। 

    धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहाल र स्थानीय बाबु–छोराको ज्यान लिनेगरी भएको बम विस्फोट घटनामा विप्लव समूहको संलग्नता रहेका सुरक्षा निकायले निष्कर्ष निकालेको छ।

    विस्फोट भएलगत्तै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइसकेको छ। पक्राउ परेकामध्ये मिथिला विहारी नगरपालिका–१ का रामसोभित पासवान विप्लव समूहसँग आवद्ध रहेको पुष्टि भएको छ। उनी पक्राउ परेपछि विप्लव समूहलाई लक्षित गरेर प्रहरीले बमकाण्डको अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]