कैलाली : चारदिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएका छैनन्। कैलालीको लम्की&ndash...
दाङ : एक बर्षको अवधिमा दाङका ४२ बालबालिका बलात्कृत भएका छन्। इन्सेक दाङले बुधबार नेपाल मानव अधिकार बर्ष पुस्तक २०२० सार्वजनिक गर्दै ४२ बालिका बलात्कृत भएको जनाएको हो।
सोही अवधिमा जिल्लाभर २ सय २४ वटा मानव अधिकार हननका घटना घटेका छन्। राजनीतिक आस्थाका आधारमा व्यक्ति गिरफ्तारदेखी नागरिक बेपत्ता पार्नेसम्मको मानव अधिकार हननका घटना भएको इन्सेक प्रतिनिधी जेएन सागरले बताए।
यो बर्ष १ सय ७९ घटना गैरराज्य, ३५ राज्य र १० वटा घटना अज्ञात पक्षबाट भएको छ । जसमा १ सय ७२ महिलासहित २ सय ५० जना पिडित भएका छन ।
अन्य बर्षहरुमा जस्तै यस एक बर्षमा पनि बलात्कार, बलात्कार प्रयास, बोक्सी आरोप, जातीय बिभेद, घर निकाला, मानव बेचविखन र अपहरणका घटनाहरु भएका छन्।
यस्तै बाल बिबाह, बन्द–हडताल, बहुविवाह, सार्वजनिक सम्पत्तीमाथी आगजनी, बम विष्फोट, भ्रुण हत्या, आत्महत्या दुरुत्साहन, बेवारिसे शव फेला जस्ता घटनाहरु भएको इन्सेकले जनाएको छ ।
इन्सेकले यी घटनाहरुको बिश्लेषण गर्दै यस बर्ष पनि मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको निष्कर्ष पनि निकालेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।