समाज

उदयपुर दुर्घटना : ज्यान गुमाउनेको संख्या चार पुग्यो

पुस ४, २०७६

    उदयपुर : उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। गम्भीर घाईतेमध्ये एक मोरङको पथरी–४ बस्ने बर्ष ३५ को टिकाराम श्रेष्ठको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो।

    जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर-३ मा बिहीबार दिउँसो भारतीय जीप दुर्घटना भएको थियो। उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको थियो।

    भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टिएको थियो। भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा जीप दुर्घटनामा परेको जनाइएको छ। बिहान ७:३० को समयमा भएको दुर्घनामा परि अन्य ५ जना घाईते भएका थिए।

    तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीय देव गिरीले बताए। हल्का हुस्सु लागेको र नयाँ बाटो, मोड साधुरो भएकोले मोडमा स्टरिङ फेल भएर दुर्घटना भएको घाइते पवन राईले बताए।  

    नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुनसक्ने जनाइको छ। घटना स्थल सदरमुकाम गाईघाट देखि करिब ७० किलो मिटर टाढा पर्छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]