समाज

बालुवाटार टोलको ११ बिघा सरकारी जग्गा व्‍यक्तिको नाममा

नेकपा नेतामाथि सोझियो तीर

जग्गाको पुर्जा र कागज देखाउँदै पीडितहरू
पुस ४, २०७६

    काठमाडौं : काठमाडौंको बालुवाटारसँगै झापा दमकको बालुवाटार पनि अहिले चर्चामा छ। वडा नं. ८ रतुवा खोला किनारमा रहेको यो बालुवाटार टोलको सरकारी जमिन व्यक्तिको नाममा पारिएको घटना सार्वजनिक भएको छ। घटना सार्वजनिक भएसँगै नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेतासमेत रहेका रेवतराज पुरीमाथि यसको तीर सोझिएको छ।

    त्यहाँको ११ बिघा सरकारी जमिन आफ्नो नाममा पुरीले पारेको आरोप लागेपछि उनलाई अदालतद्वारा पक्राउ पुर्जी जारी गरिएको छ। तर, उनी फरार छन्। उनलाई सरकारी कागजात तथा छाप किर्ते गरेको आरोपसमेत लागेको छ। आरोपपछि उनले सामाजिक सञ्जालहरुमार्फत आरोपको खण्डन गर्दै आएका छन्।

    उनले केही दिनअघि फेसबुकमार्फत नै आफू अदालतमा उपस्थित हुने प्रतिक्रियासमेत दिएका थिए। तर, उनी सम्पर्कबाहिर रहिरहेकै बेला एक दर्जनभन्दा बढी परिवारले आफूहरूको जमिनसमेत उनै पुरीले आफनो नाममा पारेको आरोप लगाएका छन्।

    बुकमा छ, फिल्डमा छैन

    २०४२ सालको बाढीपछि विस्थापित भएका त्यहाँका करिब १२ परिवारले आफूहरूले फिल्डबुकमा कायम गराएको जमिन पनि पुरीले उपयोग गर्न नदिएको बताएका छन्।

    सो स्थानबाट विस्थापित भई दमकका विभिन्न स्थानमा बसोबास गर्दै आएका करिब १२ बढी परिवारले आफूहरूको फिल्डबुक भएको जमिनको धनीपुर्जा पाउनुपर्ने माग गरेका छन्। उनीहरुले आफूहरुको फिल्ड बुक भएको जमिन समेत व्यक्तिले कव्जा गर्न खोजेको उनीहरुको आरोप लगाएका हुन्।

    आफूहरूको वर्षौं बसोबास भएको जमिनसमेत व्यक्तिले निजी बनाउन खोजेको र धनीपुर्जासमेत नपाएको उनीहरुको भनाई छ। दमक–८ को हालको बालुवाटार भन्ने स्थानमा बसोबास गरेका ८८ परिवार विभिन्न पटकको बाढीका कारण विस्थापित भएको र त्यहाँको जमिन व्यक्तिगत बनाउने प्रयास गरिएको सो ठाउँमा हजुरआमाको नाममा जग्गा भएका सञ्जीव मगरले बताए। आफू सो ठाउँमा २०३२ सालमा जन्मिएको र २०३९ सालमा ३ कट्ठा १९ धुर जमिनको फिल्डबुक भए पनि धनीपूर्जा नपाएको उनको भनाइ छ।

    यस्तै श्रीमती सन्ध्यादेवी माझीको नाममा साढे ३ कट्ठा जमिन भए पनि १२ धुरको मात्र धनीपुर्जा पाएको सोही ठाउँका बुद्धिमान माझीले जनाएका छन्। सो ठाउँमा बसोबास गर्नेहरु २०४२ सालमा बाढी आए पछि विस्थापित भएको र ३ वर्ष अघि आफ्नो जमिनमा घर बनाउन नदिईएको ६९ वर्षीय तसरमान श्रेष्ठले बताएका छन्।

     आफ्नै जमिन अर्कैले कब्‍जा गरेकापीडितहरू

    वर्षौंसम्म आफ्नो जमिनमा खोलो कुदेको र खोलाले छोडे पनि उपयोग गर्न खोज्दा नदिईएको उनको भनाइ छ। यस्तै आफ्ना बुवाको नाममा जमिन भए पनि आफू अहिले भाडाको घरमा बस्नुपरेको मनप्रसाद लिम्बूले बताएका छन्। उनीहरु सवैले आफ्नो निजी र जोतभोग गरेको जमिन हाल प्रशासनद्वारा खोजी भइरहेका रेवतराज पूरी गगनले कव्जा गरेको आरोप लगाएका छन्।

    पुरीविरुद्ध सार्वजनिक जमिन निजी बनाउने अभियोगमा अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। यसअघि पुरीले पटकपटक जमिनको समस्या समाधान गरिदिने बताएपछि पछिल्लो समय जग्गा नदिने बरु केही रकम दिने भनेर बताउँदै आएको आफ्नो जमिन भए पनि ठेला चलाएर जिविका चलाउँदै आएका अघोडीया माझीले बताए।

    आफूले २ कट्ठा जमिन भोगचलन गरेको तर १४ धुरको मात्र धनीपुर्जा पाएको उनको भनाइ छ। आफूले खरिद गरेको जमिनमाथि पनि पुरीले कब्‍जा जमाएको उनले आरोप लगाएका छन्।

    पुरी परिवारको खण्डन

    उनीहरू सबैको आरोप पुरीमाथि रहेको छ। तर अदालतद्वारा पक्राउ पुर्जीसमेत जारी गरिएका पुरीले सामाजिक सञ्जालमार्फत सबै आरोपको खण्डन गर्दै आएका छन्। यस अघि पुरीले परिवारको तर्फबाट पत्रकार सम्मेलन गरी ती आरोपका खण्डन गरिएको थियो।

    गरिब सर्वसाधारणको जग्‍गा पुरीले कब्‍जा गरेको भन्दै आफूले २०७४ असार ७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएको आफ्नो र मावली परिवारको जमिन रहे पनि उपयोग गर्न नपाएको बताउने सञ्‍जीव मगरले जनाएका छन्। उजुरीपछि समेत पटकपटक धाउँदा पनि कारबाही प्रक्रिया चलिरहेको जवाफ पाएको र हाल पुरी सम्पर्कविहीन बनेपछि पीडितहरू एकठाउँमा आएको उनको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]