स्वास्थ्य

बिपी र कर्णाली प्रतिष्ठानको सिनेट बैठक क्रमश: पुस १४ र २५ मा

पुस ४, २०७६

    काठमाडौं :  समय निर्धारण भएर पनि  अन्तिम समयमा आएर स्थगित भएको दुई स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक यसै महिनामा बस्ने भएको छ।

    धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक तत्कालीन स्वाथ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले अन्तिम समयमा आएर स्थगित गरेका थिए भने  प्रधानमन्त्री अचानक बिरामी भएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक स्थगित भएको थियो।  

    गत कात्तिक २२ का लागि तय भएर स्थगित भएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट बैठक २५ पुसका दिनका लागि तोकिएको छ। त्यसअघि नै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक सम्पन्न गर्ने सरकारको योजना छ।

    बिहीबार राजधानीमा आयोजित स्वास्थ्य क्षेत्रका विज्ञ सम्मिलित परामर्श बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सिनेट बैठक २५ पुस र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक १४ पुसका लागि गर्ने तयारी भएको बताए।

    गत २२ कात्तिकका लागि तय भएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक तत्कालीन स्वास्थ्य मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादवको ठाडो निर्देशनमा बैठक बस्नु एक दिनअघि स्थगित गरिएको थियो। त्यसबेला प्रतिष्ठानका लागि रजिष्टार नियुक्त नभएको भन्दै उनले स्थगित गरेको बताएका थिए। तर भित्री कुरा उपप्रधानमन्त्री यादवको मान्छेलाई रजिष्टार बनाउने विषयमा त्यसबेला कुरा नमिलेपछि बैठक स्थगित भएको थियो।

    यता, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक १२ मंसिरका लागि तय भएको थियो। तर, कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिक्सको कारण अस्पताल भर्ना भएपछि बैठक एकाएक स्थगित भएको थियो।

सविना खनाल

सविना खनाल थाहाखबरमा कार्यरत छन् ईमेल : [email protected]

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]