कामठाडौँ : स्पट म्याच फिक्सिङमा राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आदिल अन्सारी र पूर्व खेलाडी महबुब आलमसहित पाँच जनाले सफाइ पाएका छन्। ...
काठमाडाैं : नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल)मा आज पहिलो खेल खेल्दैछ। अस्ट्रेलियाको चर्चित फ्रेन्चाइज लिगमा लगातार आफुलाई सुरक्षित बनाउन सफल नेपाली क्रिकेटर लामिछानेले आजको खेलमा स्थान बनाउने सम्भावना बलियो छ।
सन्दीपको टिम मेलबर्नले मेट्रिकन स्टेडियममा ब्रिसबेन हिटको सामना गर्नेछ। मेलबर्नले ब्रिसबेनसँगको खेलका लागि बिहीबार १३ सदस्यीय टीमको घोषणा गरेको थियो। सन्दीपको नाम प्लेइङमा ११ मा परेको छ।
सन्दीप सम्मिलित टीमको कप्तान ग्लेन म्याक्सवेल हुन्। टी–ट्वान्टी क्रिकेटमा सन्दीप राम्रो इकोनोमीमा धेरै विकेट लिने खेलाडीका रुपमा चिनिन्छन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।