राजनीति

कांग्रेस विवाद : आज पनि बैठक स्थगित

फाइल फोटो
पुस ४, २०७६

    काठमाडाैं : शुक्रबार दिउँसो १ बजेको लागि डाकिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। सभापति शेरबहादुर देउवा पक्षले असन्तुष्ट भनिएका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल नटुंगिएकोले बैठक स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

    आन्तरिक विवाद समाधान हुन नसकेकोले बैठक स्थागित भएको नेता रमेश लेखकले थाहा खबरलाई जानकारी दिए। ‘छलफलबाटै विवादको समाधान गर्न लागिएको छ,’ उनले भने, ‘अब बैठक पुस १० गते बस्नेछ।’ 

    गत बुधबार पनि बस्दै नबसी बैठक स्थगित भएको थियो। बुधबार कृष्णप्रसाद सिटौलाको प्रस्तावमा सभापति शेरबहादुर देउवाले बैठक शुक्रबारको लागि सारेका छन्। पौडेल पक्ष र सिटौला पक्षले गत मंसिर २६ गते र २९ गते बसेको केन्द्रीय कार्यसमिति बहिष्‍कार गरेको थियो।

    विभाग थप गर्ने विषयमा र भ्रातृसंगठनको विषयमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच विवाद हुँदै आएको छ। विवाद चर्कंदै गएपछि सभापतिको पक्षबाट पार्टी उपसभापति विमलेन्द्र निधि र वरिष्ठ नेता पौडेलको तर्फबाट प्रकाशमान सिंहले छलफलको नेतृत्व गर्दै आइरहेका छन्।

    निधि र सिंहले पटकपटक छलफल गरे पनि निष्‍कर्ष भने निस्केको छैन। पछिल्लो समय विवाद समाधान गर्न कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आइरहेका कृष्णप्रसाद सिटौला सक्रिय छन्। बैठक स्थगित भए पनि कांग्रेसको गुटगत छलफल भने जारी छ। 
     
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]