समाज

भक्तपुरमा भोलि सात घण्टा बिजुली नआउने

फाइल फोटो
पुस ४, २०७६

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले नयाँ ट्रान्सफर्मर चार्ज गर्नका लागि भोली भक्तपुरमा विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म बिजुली काट्ने भएको छ

    प्रसारणलाइनको क्षमता बढाउन प्राधिकरणले भक्तपुर सवस्टेशनमा १३२/११ केभीको नयाँ ट्रान्सफर्मर चार्ज गर्न लागेका कारण विद्यूत सेवा सात घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणका प्रशासकीय अधिकृत देवराज भट्टले जानकारी दिए। नगरकोट, सूर्यविनायक, नलिनचोक, खोपासी, ठिमी, ब्रिक र कटुञ्जे फिडरअन्तर्गत पर्ने क्षेत्रमा बिजुली काटिनेछ। 

    विद्युत आपूर्ति थप सहज बनाउन केही घण्टा बिजुली काट्न लागिएको र विद्युत काट्दा हुने असुविधाप्रति क्षमाप्रार्थी रहेको प्राधिकरणले जनाएको छ। विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत काट्ने भनिएपनि ट्रान्सफर्मर चार्ज गर्न करिब दुई घण्टामात्र लाग्ने प्राधिकरण स्रोतले जानकारी दियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]