समाज

अपहरणमा परेका तीन बालबालिकाको उद्धार

फाइल फोटो
पुस ४, २०७६

    काठमाडाैं : अपहरणमा परेका ३ बालबालिकालाई प्रहरीले मुक्त गराएको छ। तीन लाख रुपैयाँ फिरौती माग्दै अपरहणमा परेका तीनैजनालाई प्रहरीले उद्धार गरेको हो। मंसिर ३० गते ३ जनै बालबालिका अपहरणमा परेका थिए। एक महिला काम विशेषले पोखरा जाँदा आफ्ना ३ बालबालिकालाई सामाखुसीमा रहेको आफन्तको कोठामा छाडेर गएकी थिइन्।

    महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार मंसिर ३० गते कैलालीको धनगढी घर भई बानेश्वर बस्दै आएका २४ वर्षीय आशिष सिजापतीले ‘तिम्रो मम्मीले तिमीहरूलाई होटलमा लगि राख्नू भनेको छ’ भन्दै लगेका थिए। अपहरणकारी भनिएका सिजापतिको खोजीकार्य जारी हरेको प्रहरीले जनाएको छ। 

    सिजापतिले बिहान विद्यालय जान लागेका बच्चालाई काठमाडौंको टोखा नगरपालिका ९ शान्तिटोलको ब्लु स्टार होटलको कोठा नम्बर ४०४ मा बन्धक बनाएर राखेका थिए। डिएसपी बोगटीका अनुसार उनले मंगलबार बालककी आमालाई बच्चाहरूकै नम्बरबाट पोखरा फोन गरी तीन लाख रुपैयाँ फिरौती माग गरेका थिए।

    पीडित महिलाले प्रहरीमा खबर गरेपछि उनीहरूको उद्धार गरिएको हो। प्रहरीले २८ वर्षीय विनोद थापामगर र होटल सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]