स्वास्थ्य

अध्ययन भन्छ : प्रदूषणले डिप्रेसन गराउँछ, आत्महत्या बढाउँछ

फाइल फोटो
पुस ४, २०७६

    वायु प्रदूषणले हाम्रो शरीरमा पार्न सक्ने असरबारे हामी जानकार नै छौँ। तर, बेलायतको एक विश्वविद्यालयले गरेको अध्ययनले यसले मानसिक असरसमेत पैदा गर्नसक्ने नयाँ तथ्य पत्ता लगाएको छ।

    युनिभर्सिटी कलेज अफ लण्डनले विभिन्न १६ देशमा गरेको अध्यननले प्रदूषणले डिप्रेसन पैदा गर्न भूमिका खेल्ने देखाएको हो। प्रदूषणको स्तर घटबढ हुँदा मानसिक स्वास्थ्यमा पर्ने असरबारे उक्त अध्ययन केन्द्रित थियो।

    कणिक तत्त्व २.५ रहेको स्थानमा प्रदूषणको मात्रा प्रतिक्युविक मिटर १० माइक्रोग्रामले बढ्दा त्यस वातावरणमा रहने मानिसलाई डिप्रेसन हुने खतरा १५ प्रतिशतले बढ्ने अध्ययनको निष्कर्ष छ।

    अनुसन्धानकर्ता समूहको नेतृत्व गरेका डाक्टर इसोबेल ब्रेथवेटले भने, 'प्रदूषणले फोक्सो र मुटुमा पार्ने असरबारे त हामीलाई थाहै थियो, अब यसले पार्न सक्ने मानसिक असरबारे पनि धेरै जानकारी प्राप्त भएको छ। वायु प्रदूषण घटाउन एकदम जरुरी भइसक्यो।'

    उनका अनुसार, लामो समय प्रदूषित स्थलमा बसोबास गर्दा डिप्रेसनभन्दा चर्का समस्या पनि देखिनसक्छन्। 'अध्ययनका क्रममा प्रदूषण र आत्महत्याको अन्तरसम्बन्ध पनि केलाइएको थियो', ब्रेथवेटले भने, 'वातावरणमा तीन दिनसम्म रहनेगरी १० माइक्रोग्राम प्रदूषण बढ्दा आत्महत्याको दर दुई प्रतिशतले बढ्ने देखियो।'

    'प्रदूषणले पार्न सक्ने मानसिक असरको स्तरबारे हामी अझै अध्ययन गर्दैछौँ,' उनले थपे, 'तर अहिलेसम्मको अनुसन्धानले के थाहा पायौँ, भने फोहोरको कण नाक र रगत हुँदै दिमागसम्म पुग्न सक्छ, शरीरका कोषिकाहरूमा असर पार्छ, र हार्मोन उत्पादनलाई तलमाथि पारिदिन्छ, जसको असर मानसिक स्वास्थ्यमा पर्छ।'

    स्वास्थ्यसम्बन्धि जर्नल 'इन्भायरोमेन्टल हेल्थ प्रस्पेक्टिभ'मा उक्त अध्ययनको निचोड प्रकाशित गरिएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]