काठमाडौं : मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्...
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मुलुकको समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुको विकल्प नरहेको बताए।
मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय अभियानलाई पूरा गर्न लागि पर्न पनि स्रष्टाहरुलाई आग्रह गरे। गौरीशंकर च्छो–रोल्पा मिडिया प्रालिले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘स्रष्टा सम्मान’ कार्यक्रममा बोल्दै उनले नेपाली जनताको चाहना अनुसार मुलुकलाई समृद्ध बनाउन कलाकार, पत्रकार र साहित्यकारले पनि अभियाननै संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
‘मुलुकलाई समृद्ध बनाउने अभियानमा कलाकार, पत्रकार, साहित्यकार सबैले अभियाननै संचालन गर्नु पर्दछ’, मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सबै खालको सहयोग गर्न सरकार प्रतिवद्ध छ।’
मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ आएका सबै सुझाव, आलोचना र टिप्पणीलाई सरकारले आत्मसात गरेर अघि बढने पनि बताए। मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने नेपाली जनताको चाहनालाई पूरा गर्ने अभियानमा कमिकम्जोरी भए सच्याएर अघि बढन सरकार तयार रहेको पनि बताए।
कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान पनि गरिएको थियो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।