राजनीति

शोक प्रस्ताव पारित गर्दै सकियाे प्रतिनिधिसभा बैठक

अर्काे बैठक पुस ११ मा

फाइल फोटो
पुस ४, २०७६

    काठमाडौं :  आज (शुक्रबार) बाट सुरु भएको संघीय संसदको हिउँदे अधिवेशन शोक प्रस्ताव पारित गरी सकिएको छ। अबको बैठक पुस ११ गते दिउँसो १ बजे बस्ने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसदमा जानकारी गराइन्। 

    शुक्रबारको संसदमा उपसभामुखले संसदका चारजना पूर्वसदस्यहरुको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। २०७१ सालमा तत्कालीन नेकपा एमालेबाट संखुवासभा क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य निर्वाचित हरि बैरागी दाहाल, प्रतिनिधिसभा २०७० सालको संविधानसभाको निर्वाचनमा तत्कालीन एमालेबाट समानुपातिक सांसद बनेकी पूर्वसदस्य कमला कुमारी घिमिरे, २०५१ सालमा धनुषा ५ बाट निर्वाचित रामलखन महतो र २०७० सालको संविधानसभा निर्वाचनमा भक्तपुर २ बाट कांग्रेस सांसद रामेश्व ढुंगेलको निधनप्रति शोक प्रस्ताव पारित गरिएको हो।

    प्रतिनिधिसभा नियमावली र संसदीय अभ्यासले उपसभामुखलाई अध्यक्षता गर्ने व्यवस्था नभए पनि तुम्बाहाङफेले संविधानको धारा ९१ को उपधारा ९४० मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने भन्ने व्यवस्थालाई टेकेर संसद सञ्चालन गरिन । प्रतिनिधिसभा नियमावलीमा भने बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान छ। 

    संसदीय अभ्यास पनि बैठकको प्रारम्भ र स्थगन सभामुखले नै गर्दै आएको अवस्था छ। तुम्बाहाङफेले राष्ट्रपतिले अधिवेशन  चलाउन पठाएको पत्र पढेर बैठकको सुरु गरेकी थिइन्।

     उपसभामुखले सदन चलाउनेकी नचलाउने भन्ने अन्योलता भए पनि सत्तासिन नेकपाले उपसभामुखलाई नै बैठकको अध्यक्षता गर्न भनेको थियो। नेकपाले नियमावली भन्दा संविधान माथि हुने भन्दै उपसभामुखलाई बैठक सञ्चालन गर्न दिएको बताएको छ।

    उपसभामुखले राष्ट्रपति कार्यालयबाट आएको मन्त्रिपरिषदको नाम पनि पढेर सुनाइन्। पुस ११ गते बस्ने बैठकले सभामुखको टुंगो लगाउने बताइएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]