समाज

प्रचण्डपत्‍नी सीता आयुर्वेदिक उपचारका लागि रामदेवको आश्रममा

फोटो : गंगा दाहालको फेसबुकबाट
पुस ४, २०७६

    काठमाडौं : लामो समयदेखि बिरामी रहेकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्‍नी सीता दाहाललाई उपचारका लागि हरिद्वारस्थित योगगुरु बाबा रामदेवको आश्रममा लगिएको छ। छोरी गंगासँगै नेकपाका नेता मातृका यादवले प्रचण्ड पत्‍नी सीतालाई लिएर हरिद्वार पुगेका हुन्।

    उपचारका लागि अमेरिका, सिंगापुर तथा दुबई जाने गरेकोमा यसपटक उनीहरू आयुर्वेदिक उपचारका लागि भारतको हरिद्वारमा रहेको पतंजली योगपीठमा पुगेका हुन्। यसबारेमा छोरी गंगाले सामाजिक संचाल फेसबुकमार्फत जानकारी गराएकी छन्। उनले केही तस्वीर पोस्ट गर्दे आमाको उपचारका लागि हरिद्वारस्थित पतंजली युगपीठमा पुगेको उल्लेख गरेकी छन्।

    उनीहरूले त्यहाँ योगगुरु बाबा रामदेवका साथै आचार्य बालकृष्णलाई समेत भेट गरेका छन्। 'ममीको आयुर्वेदिक ऊपचारका लागि हरिद्वार स्थित पतन्जली योगपिठमा बाबा रामदेव अनि आचार्य बालकृष्ण सँगै हामी' गंगाले सामाजिक संचालमा उल्लेख गरेकी छन्।

    सीता लामो समयदेखी प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पीएसपी) समस्याबाट पीडित छिन्। यो रोगका कारण ब्रेनमा समस्या देखिनुका साथै स्नायु तन्तुहरूमा रहेको प्रोटिनमा गड्बडी हुने चिकित्सकहरूको भनाइ छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]