काठमाडौं : डाक्टर प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। धादिङ अस्पतलामा कार्यरत धौभडेल घर विदामा आएकी थिइन्। उनी काठमाडौं महान...
दाङ : दाङमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
दाङको तुलसीपुरदेखि सल्यान जाँदै गरेको रा १ ज ८२२ नम्बरको जिप शुक्रबार दिउँसो सवा ३ बजेतिर तुलसीपुर ३ पैयाखोरेमा दुर्घटना हुदाँ कपुरकोट गाउँपालिका ४ गारापानीकी २० वर्षीया गीता बुढाथोकी को घट्नास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
दुर्घटनामा परी जिपमा सवार ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक हरिहर नाथ योगीले बताए। त्यसैगरी जिप चालक फरार भएकोले खोजी कार्य तीब्र पारिएको प्रहरीले जनाएको छ।
घाइतेहरू उपचार राप्ती प्रादेशिक अस्पताल तुलसीपुर भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।