समाज : सुरक्षा/अपराध

आशीषको 'मास्टरमाइन्ड'मा दुई दिनमा तीन बालबालिकासहित चारको अपहरण

सुनदेखि वन मान्छेको हातसम्मको धन्दा

फाइल फोटो
पुस ४, २०७६

    हेटौँडा : मकवानपुर प्रहरीले अपहरणमा संलग्न कैलाली धनगढी घर भई हाल पुरानो बानेश्वर काठमाडौं बस्ने २४ वर्षीय आशीष सिंजापतीसहित पाँचजनालाई पक्राउ गरेको दुई दिनमा अर्को रहस्य खुलेको छ। अपहरणको आरोपी आशीषको नेतृत्वमा दुई दिनमा दुई अपरहणको रहस्य शुक्रबार बाहिर आएको हो।

    ट्याक्सीमा आएका एक समूहले कुटपिट गरी घरेलु हतियार देखाएर नरेश थापालाई अपरहण गरेको खबर पाउना साथ मोबाइलको 'लोकेशन ट्रयाकिङ' गरेर पक्राउ गर्‍यो। तर, प्रहरीले आशीषले काठमाडौं गरेर आएको अपराधको सुइँको पाउन सकेन।

    प्रहरीका अनुसार सोमबार साँझ आशीषले १५ र १४ वर्षका दुई बालिका, १४ वर्षीय एक बालकलाई काठमाडौंको सामाखुसी चोकनजिकैबाट उनको परिवारलाई ३ लाख ५० हजार रुपैयाँ फिरौती मागेको थियो। फिरौतीको दुई दिन पछि उनका परिवारले प्रहरीलाई फिरौतीको धम्की र अपरहणको कुरा सुनाए। प्रहरीले तत्काल खोज्न सुरु गर्‍यो। 

    काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार महानगरीय प्रहरी वृत्तबाट प्रहरी परिचालन गर्दा काठमाडौंको ब्लू स्टारको एक कोठाबाट अपरहणमा परेका तीन बालबालिकाको उद्दार भएको हो। प्रहरीले गोरखा घर भएका २८ वर्षीय विनोद थापा मगर पनि पक्राउ परे।

    थापा पक्राउ परेपछि परिवारले दिएको सूचनाको आधारमा आशीषको माष्टरमाइन्डबारे प्रहरीले थाहा पाएको थियो। सिंजापतिले बालबालिकालाई विनोदको जिम्मा लगाएर अर्को अपरहणको लागि काठमाडौं उपत्यका छोडेका थिए।

    डिएसपी वोगटीका अनुसार आशीषले गरेको बालबालिकाको अपरहणको अनुसन्धान अगाडि बढाउँदै गर्दा आशीषको टोलीले मकवनापुरमा अपरहणकै कारण प्रहरी नियन्त्रणमा रहेको खुलेको हो। उनले बुधबार बिहान हेटौँडा–४ स्थित फरेष्ट्रि गेटअगाडि अम्लेखगञ्जबाट काठमाडौं जाँदै गरेको बा.२ ज ५३५६ नम्बरको ट्याक्सिमा आई रामेछाप दोरम्बा ५ बस्ने २१ वर्षीय नरेश थापा मगरलाई अपरहण गरेका थिए।

    सुनदेखि वन मान्छेको हातसम्मको धन्दा

    मकवानपुर प्रहरीले अपहरण आरोपी आशीषलाई सोधपुछको क्रममा आफू सुनचाँदी व्यवसाय गर्ने भनेता पनि उनले अनेक थरिका ठगी धन्दाहरू गर्ने गरेको खुल्न थालेको छ। काठमाडौं प्रहरी कार्यालय प्रवक्ता बोगटीका अनुसार आशीषले आफूसँग नागमणि, वन मान्छेको हात, चम्किन ढुंगा भन्दै ठग्न गरेको पाइएको छ।

    काठमाडौं प्रहरीका अनुसार आशीषले अपहरण तथा शरीर बन्धक मुद्दामा सफाइ पाएका थिए। मकवानपुर प्रहरीले हेटौंडामा अपरहणमा परेका पीडित थापासँग बयान लिँदा आशीषले लेनदेनको विषयलाई लिएर ठूला रकम (करोड भन्दा माथि)को माग गरेको समेत फेला परेको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिए।

    पाँच दिनको म्याद थप

    अपहरणकारी आशीषको नेतृत्वमा बुधबार हेटौँडामा भएको अपहरणको घटनामा संलग्न ५ जनालाई ५ दिनको म्याद थप गरिएको छ। अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पाँचजनालाई प्रहरीले बिहीबार म्याद थपका लागि जिल्ला अदालत मकवानपुरमा पेश गरेको थियो। अदालतका न्यायाधीश कमलराज विष्टको एकल इजलासले पाँचैजनालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न ७ दिनको म्याद थप गरको हो। 

    आशीषसहित प्रहरीले कन्चनपुर श्रीपुर–६ की २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाँउपालिका वडा नम्बर ६ का कृष्ण गुरुङ, सोही गाउँपालिका ४ का बा. २ ज ५३५६ नम्बर ट्याक्सी चालक आशिक लामा र बन्धक बनाई राखेको घरका धनी हेटौँडा–९ लामसुरेकी ३६ वर्षीया सरस्वती तामाङलाई पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]