समाज

चिसो प्रभावितलाई चितवनमा दाउरा वितरण

पुस ४, २०७६

    चितवन : चितवन प्रहरीले शितलहर प्रभावितलाई आगो ताप्न दाउरा वितरण गरेको छ। चिसो बढेपछि भरतपुर महानगरपालिका २४, २७ र २८ का स्थानीयलाई प्रहरीले २ ट्रक दाउरा वितरण गरेको हो।  

    नेपाल प्रहरीको सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भरतपुर महानगरसँगको सहकार्यमा दाउरा वितरण गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए। यो अभियानलाई आगामी दिनमा जिल्लाका सबै स्थानीय तहमा सहकार्य गर्दै पुग्ने मल्लको भनाई छ।

    पहिलो चरणमा १ सय घर धुरीका ५ सयजना विपन्न समुदायका व्यक्तिहरू लाभान्वित भएका प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए। पछिल्लो समय चिसो अत्यधिक बढेपछि सडक तथा बजारमा मानिसको चाप कम देखिन थालेको छ भने चोकचोकमा आगो बालेर ताप्ने गरेका छन्। यसै क्रममा चितवन प्रहरीले अति प्रभावितलाई दाउरा वितरण गरेको हो। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]