काठमाडौं : अमेरिकी सहर बाल्टिमोरस्थित पटापस्को नदीको पुलमा मालबाहक पानी जहाज ठोक्किएर पुल नै भाचिँदा ६ जनाको मृत्यु भएको छ। हिजो ...
अफगानिस्तानमा शुक्रबार अपरान्ह ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले शुक्रबार जनाएको छ।
भूकम्पको धक्का दक्षिण एशियाली मुलुकहरू अफगानिस्तान, पाकिस्तान र भारतमा महशुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भूकम्पको केन्द्रविन्दू अफगानिस्तानको उत्तरी राज्य बदखासनको जुर्मबाट ५१ किलोमिटर दक्षिणपश्चिममा २०० किलोमिटरको गहिराईमा रहेको विभागले जनाएको छ ।
स्थानीय समय अनुसार साँझ ५:१५ बजे अफगानिस्तानको राजधानी काबुल, पाकिस्तानको इस्लामावाद, भारतको नयाँ दिल्लीलगायतका स्थानमा भूकम्पको धक्का केही सेकेण्ड गरिएको थियो।
भूकम्पपछि ठूला भवनहरूमा काममा व्यस्त स्थानीयहरूबीच भागदौड भएको थियो। भूकम्पबाट कुनै क्षति भएका सूचना समाचार तयार पार्दासम्म प्राप्त भैसकेका छैनन्।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।