समाज

भिरबाट खसेको ढुंगाले लागेर एकजनाको मृत्यु

पुस ४, २०७६

    मुगु : छायानाथ रारा नगरपालिका १३ रुगा भट्याचौर तुइनपारिको भिरबाट खसेको ढुंगाले लागेर एकजनाको मृत्यु भएको छ।

    बर्दिया बढैयाताल गाउँपालिका-२ का ३८ वर्षीय रामजीप्रसाद लामिछानेको ढुंगाले लागेर मृत्यु भएको हो। मेशिन जडान गर्न जाने क्रममा सदरमुकाम गमगढीबाट छायानाथ रारा नगरपालिका १४ बाम भट्याचौरको तुइनपारी पाखा भिरबाट खसेको ढुंगाले लागेर लामिछानेको टाउकोमा गहिरो चोट लागेको थियो।

    ढुंगाले थिचेर घाइते भएका लामिछानेलाई उपचारका लागि जिल्ला अस्पातल लगिएको थियो। उपचारका क्रममा उनको बिहीबार राति ३ बजे मृत्यु भएको जिल्ला अस्पताल मुगुका डा निर्मल नगरीकोटीले जानकारी दिए। 

    योगेश मेशिन एण्ड सप्लार्यस बाँकेमा कार्यरत लामिछाने मेशिन जडानका लागि मुगु आएका थिए। सोही क्रममा  भे ३ प ९९३२ नम्बरको मोटरसाइकल चढी बाम गाउँ जाने क्रममा रुगा गाउँ तुइनपारी माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। 

    मृतक लामिछानेको शव अहिले जिल्ला अस्पतालमा राखिएको छ। उनको शव आफन्त आएपछि मात्र परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]