खेलकुद

प्रधानसेनापति कपमा प्रदेश एकको सान्त्वना जित

पुस ४, २०७६

    काठमाडौं : सातौं प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा प्रदेश १ ले सान्त्वना जित निकालेको छ।

    लगनखेलस्थित राजदल गणको खेल मैदानमा भएको प्रतियोगितामा सिक्किमलाई २–० गोल अन्तरले पराजित गर्दै प्रदेश १ ले सान्त्वना जित निकालेको हो। दुवै गोल सुनिता तामाङले गरिन्। सिक्किम विरुद्धको जित प्रतिष्ठाको लडाई मात्र बन्यो। यसअघि प्रदेश १ एपिएफ र त्रिभुवन आर्मीसँग समान ९–० गोल अन्तरको हार व्योहोरेको थियो। त्यस्तै सिक्किमलाई आर्मीले १०–० र एपिएफले १८–० ले हराएको थियो।

    शुक्रबार भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबमाथि ४–२ गोल अन्तरको जित निकाल्दै एपिएफ समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। एपिएफले ३ खेलमा ९ अंक जोड्यो।

    एपीएफसँग पराजित भए पनि आर्मी ६ अंकको साथ समूह उपविजेता बन्दै अन्तिम चारमा पुग्न सफल भयो। एपिएफको जितमा सावित्रा भण्डारीले २ तथा कप्तान अनु लामा र अनिता बस्नेतले १/१ गोल गरिन्। आर्मीकी बिमला चौधरी र रश्मी कुमारी घिसिङले गोल गरे पनि हार टार्न सकेन।

    समूह बी बाट नेपाल पुलिस र भुटानले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]