मनोरञ्जन

निर्मला पन्त घटनामा आधारित फिल्म 'कोपिला'को ट्रेलर रिलिज

पुस ४, २०७६

    काठमाडौं : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयलाई आधार बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ओएसआर डिजिटलले आफनो अफिसियल युटयुब च्यानल मार्फत चलचित्रको ट्रेलर सार्वजनिक गराएको हो।

    सामाजिक कथा वस्तु बोकेको चलचित्रको ट्रेलरमा निर्मलालाई कापिला पात्र बनाइएको छ। कोपिलाको बलात्कारपछि भएको हत्यारालाई सरकारले लामो समयसम्म पनि पक्राउ गर्न नसकेको कारण उत्पन्न परिस्थिति ट्रेलरमा देखाइएको छ। ट्रेलरमा पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक पार्टीले विभिन्न बहानामा कोपिलाको लासमाथि गरेको राजनीतिलाई देखाइएको छ।

    शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुख्य भूमिका निर्वाह गरेका छन्। गणेश गिरिको प्रस्तुति रहेको कोपिलालाई संचारकर्मी मणिराज गौतमले निर्माण गरेका हुन् भने चलचित्रको कार्यकारी निर्मातामा सुबास काफ्ले रहेका छन्।

    चलचित्रमा समिर मिया, रामेश्वर कार्यकारी सहनिर्माताको रूपमा रहेका छन्। चलचित्रमा सरिता, गणेश, सन्जीवनीसंगै प्रकृती खरेल, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, राखी क्षेत्रीलगायतको अभिनय रहेको निर्माण टिमले बताएको छ।

    चलचित्रमा रामेश्वर कार्कीको छांयाकन, समिर मियाको सम्पादन र दीपक शर्माको संगीत रहेको छ। ८० लाखको लगानीमा निर्माण भएको यो चलचित्रको सेन्सरसमेत पास भइसकेको निर्देशक अधिकारीले बताए।

    बलात्कारपछि हत्या भएकी कन्चलपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको कथासँग चलचित्रको कथा रहेकाले निर्मलाको परिवारसंग लिखित अनुमति लिएर चलचित्र बनाइएको निर्देशक अधिकारीको भनाइ छ। चलचित्रले रिलिज डेट भने सार्वजनिक गरेको छैन।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]